विद्यालयमा क्वारेनटाइन र आइसोलेसन बनाउन नपाइने

प्रकाशित मिति : १५ श्रावण २०७७, बिहिबार  ४ : ३८


काठमाडौं । अब विद्यालयहरूमा कोरोनाको बिरामी राख्न र उपचार गर्न नपाइने भएकाे छ । गत सोमबार बसेको मन्त्रिपरिषद्को बैठकको निर्णय प्रस्तुत गर्दै सरकारका प्रवक्ता युवराज खतिवडाले विद्यालयमा कोरोनाको बिरामी राख्न र उपचार गर्न नपाइने निर्णय गरेको जानकारी गराएका हुन्।

सरकारले कोरोना रोकथाम र नियन्त्राणको लागि भारत लगायत तेस्रो मुलुकबाट आउनेहरूलाई राख्न छुट्टै क्वारेन्टिन अभाव भएपछि सामुदायिक विद्यालयहरुलाई नै प्रयोग गर्दै आएको थियो। देशभरका स्थानीय तहले विद्यालयलाई क्वारेनटाइन र आइसोलेसन बनाएका थिए।


प्रतिक्रिया दिनुहोस्