भ्रातृ संगठन र जनसम्पर्क समितिबाट महाधिवेशन प्रतिनिधि ल्याउन पाइँदैनः पौडेल

प्रकाशित मिति : श्रावण १५, २०७७ बिहीबार


काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अधिवेशन नगरी भ्रातृ संगठन र जनसम्पर्क समितिबाट महाधिवेशन प्रतिनिधि ल्याउन नपाइने बताएका छन् ।

पार्टी विभागमा भइरहेका मनोनयनलगायतका असहमतिका ५ वटा विषयमा सभापति शेरबहादुर देउवाको ध्यानाकर्षण गराएपछि विहीबार पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा पौडेलले नेतृत्वले विधानको अक्षरश पालना गर्नुपर्ने बताए ।

“विधानको अक्षरश पालना हुनुपर्छ । अधिवेशन नगरी भ्रातृ संगठन र जनसम्पर्क समितिबाट महाधिवशनमा प्रतिनिधि ल्याउन पाइँदैन पौडेलले भने ।

सभापति देउवाले पद र प्रलोभन बाँडेर विधान र पार्टीको निर्वाचन आचार संहिताविपरीत काम गरेको भन्दै उनले आपत्ति जनाए ।

पत्रकार सम्मेलनमा पौडेलले सभापति देउवाले जति गल्ती गर्दै जान्छन् त्यति नै सशक्त दबाब बढाउँदै लगिने बताए ।


प्रतिक्रिया दिनुहोस्