३० हजार मेट्रिक टन चिनी ५० प्रतिशत भन्सार छुटमा ल्याउन दिने सरकारको निर्णय

प्रकाशित मिति : १५ श्रावण २०७७, बिहिबार  ३ : ५८


काठमाडौं । सरकारले ३० हजार मेट्रिक टन चिनी ५० प्रतिशत भन्सार छुटमा ल्याउन दिने निर्णय गरेको छ।

मन्त्रिपरिषद्को १२ गते बसेको बैठकले ३० हजार मेट्रिक टन चिनी ५० प्रतिशत भन्सार छुटमा ल्याउन दिने निर्णय गरेको सरकारका प्रवक्तासमेत रहेका अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए ।

सरकारले खाद्य व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कम्पनीको लागि उक्त अनुमति प्रदान गरेको हो। नेपालमा हुने उत्पादनले अपुग हुने चिनी हरेक वर्ष आयात हुने गर्छ।


प्रतिक्रिया दिनुहोस्