सुदूरपश्चिम प्रदेशमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि

प्रकाशित मिति : १५ श्रावण २०७७, बिहिबार  ३ : २७


धनगढी । सुदूरपश्चिम प्रदेशमा थप ७ जनामा कोरोना भाइरस (कोभिड १९)को संक्रमण देखिएको छ ।

धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणका क्रममा कैलाली, कञ्चनपुर र दार्चुलाका गरी ६ पुरुष र १ महिलामा संक्रमण देखिएको हो ।

सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गत २४ घण्टामा ३ सय ३९ जनाको पीसीआर विधिबाट नमूना परीक्षण गरिएको थियो ।

थप संक्रमितमध्ये कैलालीको धनगढीका ५ तथा दार्चुलाको गोकुलेश्वर र कञ्चनपुरको भीमदत्तनगरका १–१ जना छन् ।


प्रतिक्रिया दिनुहोस्