राष्ट्रसंघमा नेपालको नयाँ नक्सा

प्रकाशित मिति : १५ श्रावण २०७७, बिहिबार  ३ : २५


काठमाडौं । नेपालले कालपानी, लिम्पियाधुरा र लिपुलेक क्षेत्र समेटिएको क्षेत्र विदेश स्थित नियोगहरुमा पठाउँने तयारी गरेको छ।

भारतको कब्जामा रहेका उक्त भूमी समेटेर नेपालले हालै नयाँ नक्सा जारी गरेको थियो।

नेपालले नयाँ नक्सा चिठीमार्फत दुई हप्ताअघि मात्र संयुक्त राष्ट्रसंघको मूख्यालय न्यूयोर्कमा पठाइसकिएको जनाइएको छ।

अब विदेश स्थित कुटनीतिक नियोगहरुमा नयाँ नक्सा पठाउने तयारी गरिएको हो।

यस्तै, वेभ सर्च इञ्जिन गुगललाई पनि नेपालले आधिकारिक रुपमा नयाँ नक्सा पठाएको छ।


प्रतिक्रिया दिनुहोस्