पैसा तिर्न नसकेपछि अनिल अम्बानीको हेडक्वार्टर बैंकको कब्जामा

प्रकाशित मिति : १५ श्रावण २०७७, बिहिबार  २ : ३३


मुम्बई । निजी क्षेत्रको यस बैंक लिमिटेडले मुम्बईमा रहेको अनिल धिरुभाई अम्बानी समूह (एडीएजी)को मुख्यालय रिलायन्स सेन्टर कब्जामा लिएको छ।

जुलाई २२ मा बैंकले उक्त भवन वित्तिय ऐन अन्तर्गत कब्जामा लिएको भारतीय सञ्चार माध्यमले जनाएका छन।

बुधवार फाइनान्सियल एक्सप्रेस सँग बैंकले सान्ता क्रुज (मुम्बई) मा रहेको भवनको दुई तला र २१,००० वर्ग फुट क्षेत्रफल तथा दक्षिण मुम्बईको नागिन महल कब्जामा लिएको जनाएको छ। जुन धिरुभाई समूहको कम्पनीको तत्कालिन मुख्यालय हो।

अनिल धिरुभाई अम्बानी समूहले २८९२ करोड (भारु) बैंकलाई फिर्ता नर्ग नसकेको भन्दै बैंकले हेड्क्वार्टर कब्जा गरेको हो।

अनिल धिरुभाई अम्बानी समूहको स्थापना सन् २००६ को जुलाई १० मा गरिएको थियो। उक्त समूहको मुख्यालय सान्ता क्रुज (मुम्बई)मा २१,४३२ वर्ग फुटमा फैलिएको छ।

उक्त क्षेत्रमा रिलायन्स पावर, रिलायन्स इन्फ्रास्ट्रक्चर, रिलायन्स क्यापिटल, रिलायन्स इन्टरटेनमेन्छ, रिलायन्स हेल्थ तथा रिलायन्स मिडियावक्र्स जस्ता कम्पनीहरूको मुख्यालय छ।

अनिल अम्बानी सन् २००८  विश्वकै छैठौं धनि व्यक्ति थिए। तर, टेलिकम, पावर तथा इन्टरटेनमेन्ट क्षेत्रमा गरेको लगानीमा ठूलो घाटा भएपछि उनलाई धेरै ऋण लागेको छ।

अनिल हाल विश्वका सबैभन्दा धनी व्यक्तिहरुको सूचीमा ५ औं नम्बरमा रहेका मुकेश अम्बानीका भाइ हुन। मुकेश अम्बानीको सम्पती बढ्दै जाँदा अनिल भने चुर्लुम्म ऋणमा डुबेका छन्।

 


प्रतिक्रिया दिनुहोस्