आन्दोलनमा सहभागी हुन दीपिकाले पाकिस्तानीसँग ५ करोड लिएको आरोप

प्रकाशित मिति : १५ श्रावण २०७७, बिहिबार  २ : २३


बलिउडकी अभिनेत्री दीपिका पादुकोणलाई पाकिस्तानी प्रधानमन्त्रीसँग मिलेर एक कार्यक्रमा भाग लिएको र त्यसबापत पाँच करोड लिएको आरोप लगोको छ ।

भारतिय मिडियाका अनुसार उनलाई एक कार्यक्रममा भाग लिए बापत ५ करोड लिएको आरोप लागेको हो ।

भारतीय गुप्तचर संस्था रअका पूर्व अधिकारी एनके सुदले अभिनेत्री दिपिकालाई पाकिस्तानका प्रधानमन्त्री इमरान खानका नजिकका व्यक्तिबाट पैसा लिएर जेएनयू प्रदर्शनमा भाग लिएको आरोप लगाएका हुन् ।

केहि समय अगाडी सूदले युट्यूब च्यानलमा एक भिडियो अपलोड गरि दीपिका पादुकोणको पाकिस्तानी नागरिक अनिल मुसरातसँग नजिक रहेको भनेपछि उनी माथी आरोप लाग्न थालेको हो ।

घरजग्गाका कारोबारी अनिल म्यानचेस्टरमा बस्दै आएको र दीपिकाले सीएएविरोधी प्रदर्शनमा सामेल हुन उनीसँग भारतीय ५ करोड रूपैयाँ लिएको एनके सुदको आरोप छ ।

अनिल पाकिस्तानी प्रधानमन्त्रीसँग नजिक रहेको र उनले इमरान खानलाई चुनावी अभियानमा पनि सहयोग गरेका थिए ।

यस वर्षको शुरुवातमा दीपिका छपाकको प्रचारका लागि जेएनयू (जवारलाल नेहरु विश्वविद्यालय) गएकी थिइन् । त्यसक्रममा त्यहाँ विद्यार्थीहरुको आन्दोलन चलिरहेको थियो ।उनले उक्त आन्दोलनको समर्थन गरेको आरोप लागेको थियो ।


प्रतिक्रिया दिनुहोस्