‘झ्यानाकुटी २’ मा पनि सौगात र बेनिशा

प्रकाशित मिति : १५ श्रावण २०७७, बिहिबार  २ : ०३


काठमाडौं । अभिनेत्री निशा अधिकारीले निर्माण गरेको फिल्म ‘झ्यानाकुटी’ ले बक्सअफिसमा सुखद नतिजा हात पार्न सकेको थिएन ।

अभिनेता सौगात मल्ल र अभिनेत्री बेनिशा हमालको बैबाहिक जीवनमा उत्पन्न हुने समस्यामा फिल्म केन्द्रित थियो । सिमोस सुनुवार निर्देशित यो फिल्मको अब दोस्रो सिरिज निर्माण हुने भएको छ । लेखक प्रदीप भारद्धाजले फिल्मको स्क्रिप्ट तयार पारिसकेका छन् ।

तर, निर्माण टिमबीच फिल्मको सिक्वेल बनाउने वा प्रिक्वेल भन्ने विषयमा छलफल भइरहेको छ ।

निर्देशक सुनुवार भन्छन्, ‘अहिले हामी सिक्वेल बनाउने वा प्रिक्वेल भन्ने विषयमा छलफल गरिरहेका छौं । लेखक प्रदीपजीले सिक्वेलका लागि स्क्रिप्ट तयार पार्नुभएको छ । म चाहिँ प्रिक्वेल बनाउने पक्षमा छु । सौगात र बेनिशाको विवाह अगाडिको कथा भन्दा राम्रो हुन्छ जस्तो मलाई लाग्छ ।’

फिल्मको सिक्वेल वा प्रिक्वेल जुन बने पनि सौगात र बेनिशा नै दोहोरिने निर्देशक सुनुवारको भनाई छ ।


प्रतिक्रिया दिनुहोस्