कोरोना भाइरसको संक्रमण युवामा बढ्दै गयो : डब्लूएचओ

प्रकाशित मिति : १५ श्रावण २०७७, बिहिबार  १ : ४८


विश्व स्वास्थ्य संगठन डब्लूएचओले कोरोना भाइरसको संक्रमण युवा वर्गमा बढ्दै गएको बताएको छ।

युरोपका लागि डब्लूएचओका निर्देशक डाक्टर ह्यास्न क्लुजले स्वास्थ्य अधिकारीका अनुसार कोरोना संक्रमण युवामा बढी देखिने थालेको बीबीसीसँग बताएका हुन्।

डाक्टर ह्यान्सले बीबीसी टुडे कार्यक्रममा भने, ‘अब महामारीसम्बन्धी तथ्यांक अलि फरक देखिएको छ। अहिल्यै नै यसको पुष्टि गर्ने पर्याप्त प्रमाण त प्राप्त भइसकेको छैन तर हामीलाई प्रशासन र स्वास्थ्य अधिकारीबाट जुन रिपोर्ट प्राप्त भइरहेका छन्, त्यसअनुसार अहिले बढिरहेको कोरोना संक्रमितमा युवा बढी देखिएका छन्।’


प्रतिक्रिया दिनुहोस्