नेपालगञ्जमा ३ दिन लकडाउन गर्ने निर्णय

प्रकाशित मिति : १५ श्रावण २०७७, बिहिबार  १ : ३७


नेपालगञ्ज । नेपालगन्जमा थप २७ जनामा कोरोना पुष्टि भएको छ ।

भेरी अस्पताल नेपालगन्जमा भएको परीक्षणमा नेपालगन्जका २७ जनामा कोरोना पुष्टि भएको हो ।

आन्तरिक राजश्व कार्यालय नेपालगन्जका ११ कर्मचारी कोरोना संक्रमित रहेको पुष्टि भएको छ ।

कोरोना संक्रमणदेखिएसँगै कन्ट्रयाक ट्रेसिङको आधारमा अन्यको पनि कोरोना परीक्षणको तयारी गरिएको छ ।

राजश्व कार्यालयका कर्मचारीमा कोरोना देखिएपछि नेपालगञ्जमा पुन लकडाउन गर्ने तयारी गरिएको छ ।

पछिल्लो पटक रेन्डम सेम्पलिङ्गमा ट्राभल हिष्ट्रि नभएकामा कोरोना देखिएपछि नेपालगन्जलाई पुनः लकडाउन गर्ने तयारी गरिएको हो ।

बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङले मुस्लिम धर्मावलम्वीहरुको पर्व प्रभावित हुन नदिन दुई दिन उच्च सतर्कता अपनाउँदै आइतबारदेखि पहिलो चरणमा तीन दिनका लागि लकडाउन गर्ने निर्णय गरिएको जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस्