अमेरिकामा कोरोनाबाट पहिलो पटक कुकुर मर्यो

प्रकाशित मिति : १५ श्रावण २०७७, बिहिबार  १२ : ३९


वासिङटन् । कोरोना भाइरसको संक्रमणबाट अमेरिकामा पहिलो पटक कुकुर मरेको छ।

न्युयोर्क स्थित स्टेटन आइल्याण्डमा कोभिड-१९ को संक्रमणबाट जर्मन शेपर्ड बडी नामको कुकुर मरेको हो ।

गत अप्रिलमा कोरोना संक्रमण भएपछि उक्त कुकुरलाई श्वासप्रश्वासमा समस्या भएको थियो।

केही दिन उक्त कुकुरको निधन भएको कुकुरकी मालिकले सामाजिक सञ्जालमार्फत पुष्टी गरेकी छिन्।

६ बर्षीय उक्त कुकुरको कोरोना संक्रमणपछि तौल घटेको थियो भने धेरै सुस्त भएको थियो।


प्रतिक्रिया दिनुहोस्