रामचन्द्र पौडेल अनुशासन समितिको निर्णयप्रति असन्तुष्ट

प्रकाशित मिति : श्रावण १५, २०७७ बिहीबार


काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको केन्द्रीय अनुशासन समितिको कार्यक्षमता र नियतमाथि गम्भीर प्रश्न उठाएका छन् ।

नेता पौडेलले आज समाजिक सञ्जाल मार्फत एक टिप्पणी गर्दै वागी उमेदवार, उम्मेदवारी खोसिएका र निर्वाचनपछि पार्टीको आन्तरिक विवादमा परेका व्यक्तिलाई विधानको एउटै दफा प्रयोग गरि कारबाही गरेको भन्दै अनुशासन समितिको नियतमाथि प्रश्न उठाएका हुन् ।

उनले विगत निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिने ३२ जना उम्मेदवार र प्रस्तावक समर्थकलाई नेपाली कांग्रेसको विधानको दफा ४ बमोजिम पार्टी सदस्यता नरहने गरी निस्कासित गर्दा तनहुँ क्षेत्र नं १ मा बागी उम्मेदवारलाई कारबाही नगरेकोमा समेत असन्तुष्टि जनाएका छन् ।

पौडेलले तनहु–१ का बागी उम्मेदवारलाई कारबाही नगरेको तर सिटिङ संसदको उम्मेदवारी खोसिएका पुष्करनाथ ओझालाई कारबाही गर्नु गलत भएको पौडेलले जनाएका छन् ।

पौडेलले तनहु–१ का बागी उम्मेदवारलाई कारबाही नगरेको तर सिटिङ संसदको उम्मेदवारी खोसिएका पुष्करनाथ ओझालाई कारबाही गर्नु गलत भएको पौडेलले जनाएका छन् ।

सामाजकि सञ्जालमा नेता पौडेलले लेखेका छन्


प्रतिक्रिया दिनुहोस्