प्रहरी हेडक्वार्टरका थप ९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ४४ पुग्यो

प्रकाशित मिति : १५ श्रावण २०७७, बिहिबार  ११ : १७


काठमाडौं । प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यरत थप ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

थप भएका संक्रमितहरुलाई बलम्बुस्थित एपीएफ अस्पतालमा भर्ना गरिएको छ ।

केन्द्रीय प्रहरी प्रवक्ता एसएसपी कुबेर कडायतले थप ९ जनामा कोरोना संक्रमण संक्रमण भएको पुष्टि गरे ।

थप संक्रमितहरु फेला परेपछि संक्रमितहरू बस्ने ब्यारेक र भान्सा नै सिल गरिएको छ ।

यस्तै थप कन्ट्याक्ट ट्रेसिङको काम पनि भइरहेको छ। संक्रमित संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ।

यससँगै प्रहरी प्रधान कार्यालयमा संक्रमितको संख्या ४४ पुगेको छ ।


प्रतिक्रिया दिनुहोस्