आजदेखि होटल–रेस्टुरेन्ट खुले

प्रकाशित मिति : १५ श्रावण २०७७, बिहिबार  ११ : ०१


काठमाडौं । लकडाउन सुरु भएदेखि बन्द भएका होटल तथा रेष्टुरेन्ट आजबाट खुलेका छन् ।

सरकारले साउन १५ देखि तोकेका मापदण्ड पूरा गरेर खोल्न अनुमति दिने निर्णय गरेअनुसार आजदेखि होटल व्यवसाय खुल्ने भएका हुन्।

होटल सञ्चालन गर्दा सबै होटलले अनिवार्यरुपमा कोभिड(१९ सम्बन्धी आवश्यक जानकारी सूचना टाँस गर्ने, सम्पूर्ण पर्यटकको ज्वरो जाँच, हातधुने र स्यानेटाइजरको व्यवस्था गर्नुपर्ने छ।

सरकारले आजदेखि खोल्न अनुमति दिए पनि पूरा क्षमतामा भने होटल खुल्ने छैनन् । व्यवसायीहरूका अनुसार ग्राहकको मागअनुसारमात्र खुल्ने छन्।


प्रतिक्रिया दिनुहोस्