सुनको मूल्यले तोड्यो आफ्नै रेकर्ड, हेर्नुहोस् कति छ आजको भाउ ?

प्रकाशित मिति : १५ श्रावण २०७७, बिहिबार  १० : ४३


काठमाडौँ । साताको पाँचौ दिन अर्थात बिहीबार पनि नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ।

आज सुन तोलामा ५ सय रुपैयाँले बढेर प्रतितोला ९९ हजार रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यो मूल्य अहिलेसम्मकै उच्च हो। हिजो छापावाल सुन प्रतितोला ९८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै आज तेजावी सुन ९८ हजार ५ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो तेजावी सुन प्रतितोला ९८ हजार ६५ रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै आज चाँदीको मूल्य भने स्थिर छ। आज चाँदी प्रतितोला १२ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ।


प्रतिक्रिया दिनुहोस्