रियासँगको सम्बन्धका कारण तनावमा थिए सुशान्त, पूर्व प्रेमिका अंकितालाई गरेका थिए यस्तो मेसेज

प्रकाशित मिति : श्रावण १५, २०७७ बिहीबार


काठमाडौँ । सुशान्त सिंह राजपूत आत्महत्या प्रकरण दिन प्रतिदिन रहस्यमय बन्दै गएको छ। यसै क्रममा सुशान्तकी प्रेमिका रियाविरुद्ध सुशान्तका पिताले उजुरी दिएपछि प्रकरणले अर्कै मोड लिएको छ।

त्यस्तै रिया चक्रवर्तीसँगको सम्बन्धका कारण सुशान्त धेरै तनावमा भएको खुलासा पूर्व प्रेमिका अंकिता लोखंडे पनि गरेकी छिन्। सुशान्तकी पूर्व प्रेमिका अंकिताले ‘मणिकर्णिका’ को प्रोमोशनका क्रममा सुशान्त सिंहले आफू शुभकामना दिन मेसेज गरेको बताएकी छिन्। उक्त क्रममा उनीहरुबीच च्याटमा धेरै बेर कुरा भएको पनि बिहार पुलिसलाई अंकिताले बयान दिएकी छिन्।

अंकितालाई उद्धृत गर्दै बिहार पुलिसले भनेको छ, ‘त्यतिबेला सुशान्तले निकै भावुक भएर उनी रियासँगको आफ्नो सम्बन्धका कारण निकै तनावमा परेको रियाले असाध्यै तनाव दिएका कारण आफूले सम्बन्ध समाप्त गर्न चाहेको अंकितालाई बताएका थिए ।’

अब अंकिताले आफ्नो यो च्याट बिहार प्रहरीसँग मिलेर साझा गरेकी छिन्। यसबाहेक अंकिताले त्यसपछि पनि सुशान्त र उनीबीच भएको सबै च्याट बिहार प्रहरीसमक्ष साझा गरेकी छिन्। यसै आधारमा अब बिहार प्रहरीले आफ्नो छानबिन सुरु गरेर प्रमाण जम्मा गरिरहेको छ।

सुशान्त सिंहको मृत्युपछि अंकिता लोखंडे दुई पटक पटना गएको र त्यतिबेला अंकिताले सुशान्तकी दिदी श्वेतालाई भेटेर आफू र सुशान्तबीचको च्याट श्वेतालाई पनि देखाएको बताएकी छिन्। अंकिता र श्वेताबीच निकै राम्रो सम्बन्ध रहेको बुझिएको छ।


प्रतिक्रिया दिनुहोस्