बाहुबलीका निर्देशक राजामौलीलाई कोरोना संक्रमण पुष्टि

प्रकाशित मिति : १५ श्रावण २०७७, बिहिबार  ८ : ३७


काठमाडौँ । चर्चित फिल्म बाहुबलीका निर्देशक एसएस राजामौलीलाई कोरोका संक्रमण पुष्टि भएको छ। उनलाई र परिवारका समस्यालाई स्वास्थ्यमा समस्या देखिएपछि कोरोना परीक्षण गर्दा रिर्पोट पोजेटिभ देखिएको बताइएको छ।

राजामौलीले सामाजिक सञ्जाल ट्वीट मार्फत आफू र आफ्नो परिवारलाई कोरोना संक्रमण देखिएको पुष्टि गरेका छन्। कोरोना संक्रमण पुष्टि भएपछि आफूहरु होम क्यारेन्टाइनमा रहेको पनि राजामौलीले जानकारी दिएका छन्।

उनले लेखेका छन्, ‘म र मेरो परिवारलाई केही दिनदेखि ज्वरोको समस्या देखिएको थियो । हामीले कोरोनाको आशंकामा परीक्षण गराउँदा रिपोर्ट पोजेटिभ देखियो । हामी डाक्टरको सल्लाह अनुसार होम क्वारेन्टाइनमा बसेका छौँ । यद्यपी हामीलाई अहिलेसम्म कुनै गम्भिर लक्षण देखिएको छ।’

उनले थप लेखेका छन्, ‘हामी प्रतिक्षामा छौँ की चाडै हाम्रो शरिरमा कोरोनाविरुद्धको एन्टिबडीको विकास होओस् र प्लाज्मा दान गर्न सकौँ।’


प्रतिक्रिया दिनुहोस्