आज साउन १५ गते बिहीबार, निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

प्रकाशित मिति : श्रावण १५, २०७७ बिहीबार


मिति २०७७ साल साउन १५ गते, बिहीबार, ईश्वी सन् २०२० जुलाई ३० तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४२ । श्रावण शुक्लपक्ष । तिथि– एकादशी, चन्द्रराशि–बृश्चिक

मेष राशि
मेष राशि हुने व्यक्तिले आज कुनै काम पनि हतारमा नगर्नुहोस्। पारिवारीक जीवनमा पर्याप्त समय र ध्यान दिनुहोस्। परिवारलाई यो कुराको महशुस गराउनुहोस् की तपाईले उनीहरुको बारेमा ध्यान दिनु भएको छ। जुन काम आफूले गर्नुभएको छ त्यसका श्रेय अरुलाई जान नदिनुहोस्। यदी कतै बाहिर जाने योजना बनाउनु भएको छ भने अन्तिम समयमा जान सक्नुहुनेछ।

वृष राशि
वृष राशि हुने व्यक्ति आजको दिनमा दबावपूर्ण अवस्थामा फस्नुभयो भने नडराउनुहोस्। तपाईले खुसीका साथ त्यसलाई सुल्झाउने प्रयास गर्नुभयो भने सफलता प्राप्त हुनेछ। आफ्नो मुड परिवर्तन गर्नका लागि सामाजिक कार्यमा मन लगाउनुहोस्। आजको दिनमा मेसिनको खराबीले तपाईलाई नोक्सान पुर्याउन सक्छ, सोच विचार गरेरमात्र अगाडि बढ्नुहोला।

मिथुन राशि
आज तपाईको दानशील व्यवहार तपाईका लागि लुको आर्शिवाद जस्तो हुनेछ, किनकी तपाई शंका, लालच जस्ता खराब कुराबाट बच्नुहोला। यदी तपाई खुल्ला दिलको हुनुहुन्छ भने आर्थिक खर्च बढ्नेछ। आज प्रेमको यात्राले तपाईलाई सुन्दर मोडतिर लग्नेछ। आज परिवार, साथीभाइसँग समय विताउने योग छ। वरिष्ठ सहकर्मी र आफन्तले सहयोगको हात बढाउनेछन्।

कर्कट राशि
कर्कट राशि हुने व्यक्ति आजको दिन आफ्नो बिरामीको बारेमा चर्चा गर्नबाट बच्नुहोस्। खराब स्वास्थ्य अवस्थाबाट ध्यान हटाउनका लागि केही महत्वपूर्ण काम गर्नुहोस्। आज तपाई कुनै समय साथीसँग गएर विताउनुहोस्। कार्यक्षेत्रमा आज तपाईमाथि कसैले दुव्र्यवहार गर्ने प्रयास गर्नेछ। सजक रहनुहोला।

सिंह राशि
सिंह राशि हुनेका व्यक्ति आज मानसिक शान्तिका लागि दान पुण्यमा सहभागी बन्नुहोस्। आज यस्तो कार्यमा सहभागी हुनुहोस्, जसबाट तपाईलाई शान्ति मिल्नेछ। आज कुनै नयाँ कार्य सुरु गर्दै हुनुहुन्छ भने सावधानी अप्नाउनुहोला। सामूहिक आयोजनामा कसैले आज तपाईलाई मजाकको विषय बनाउन सक्नेछ। सावधानी अप्नाउनुहोला।

कन्या राशि
कन्या राशि हुनेहरुका लागि आजको दिन खुसीले भरिने छ। उच्च वौद्धिक क्षमताले तपाईको आज अभावमा लड्न सहयोग पुर्याउनेछ। मातापिताको स्वास्थ्यमा सुधार हुनेछ। आज कुनै राम्रो र नयाँ विचारले तपाईलाई आर्थिक बाटोमा लैजानेछ। वैवाहिक जीवनमा सबै कुरा राम्रो भएको महशुस हुनेछ।

तुला राशि
तुला राशि हुने व्यक्तिलाई आज शारीरिक तथा मानसिक थकानो महशुस गर्नु पर्नेछ, थोरै आराम र पौष्टिक आहारले तपाईको उर्जा स्तर बढाउनेछ। आज तपाईको उपलब्धिले परिवारका सदस्य उत्सहित हुनेछन्। दोस्रो व्यक्तिका सामु आफूलाई आदर्श स्थापित गर्नका लागि आफैलाई राम्रो बनाउने प्रयास गर्नुहोस्।

वृश्चिक राशि
वृश्चिक राशि हुने व्यक्तिले आज कुनै झमेला वा मतभेदको सामना गर्नु पर्नेछ, जसकारण तपाई बेचैनीको महशुस गर्नुहुनेछ। बोल्ने समय र लेन देनको समयमा सावधानी अप्नाउनुहोला । आफुमाथि आएको समस्यालाई राम्रोसँग सोचविचार गरेर हल गर्ने प्रयास गर्नुहोस्। नत्र बेकारको झमेलामा अल्झिनु पर्ने हुन्छ।

धनु राशि
धनु राशि हुनेहरुका व्यक्तिले आज तपाईलाई जुन समस्याले सताएको छ, त्यसलाई होसियार, चतुरताका साथ सुल्झाउन सक्नुहुनेछ। लागि आजको दिन उर्जावान रहेको छ। आजको दिनबाट सुरु गरेका काममा आर्थिक लाभ प्राप्त हुनेछ। आज परिवारका कुनै समस्यको स्वास्थ्यले मानसिक समस्या दिन सक्नेछ। कार्यक्षेत्रमा उन्नती तथा बाधाहरु मेहनत गरेर हटाउनु पर्नेछ।

मकर राशि
आज तपाईको दिन शुभ रहनेछ। पुरानो बिरामीबाट केही राहत प्राप्त गरेको महशुस हुनेछ। अफिसमा लामो समयसम्म रोकिए मात्र काम बनेछ। यदी तपाई घरेलु जिम्मेवारी थाहा पाएर पनि त्यसको वास्ता गर्नु भएन् भने जीवनसाथी रिसाउने छन्।

कुम्भ राशि
आज तपाईको स्वास्थ्य पूर्ण रुपमा ठिक हुने छैन्। आर्थिक लेनदेनको कुरामा सोचविचार गरेर मात्र काम गर्नुहोला। अस्थिर स्वभावका कारण प्रियसँग मतभेद हुन सक्छ। वरिष्ट व्यक्तिसँग केही ठूलो स्वर सुन्नु पर्ला तर त्यसलाई शान्त पार्ने प्रयास गर्नुहोस्। आवश्यकता भन्दा बढी खर्च मनोरञ्जनका लागि हुने छ।

मिन राशि
मिन राशि हुने व्यक्तिले आज मोज मस्तीको यात्रा र सामाजिक मेलमिलापले तपाईलाई खुसी दिनेछ। दिनको दोस्रो हिस्सामा आर्थिक रुपमा फाइदा हुनेछ। प्रभावशाली र महत्वपूर्ण व्यक्तिसँग परिचय बढाउन र सामाजिक गतिविधिमा राम्रो मौका सावित हुनेछ। आज जीवनको रोमान्टिक फल ओझेलमा रहनेछ । कुनै व्यवसाय तथा कानुनी दस्तावेजमा सोचविचार गरेर निर्णय लिनुहोला।


प्रतिक्रिया दिनुहोस्