भारतले राफेल विमान भित्र्याएकै दिन चीन झन् शक्तिशाली!

प्रकाशित मिति : १४ श्रावण २०७७, बुधबार  १० : ४४


काठमाडौं । भारतले फ्रान्सबाट किनेका ५ राफेल लडाकु विमान बुधबार हरियाणाको अम्बाला एयरफोर्स स्टेशनमा अवतरण भएपछि भारतीयहरुले खुशीयाली मनाइरहेका छन्।

आधुनिक लडाकु विमान भित्र्याएपछि भारतीय वायु सेनाको क्षमता एकाएक बढेको टिप्पणी भइरहेको छ।

भारतीय रक्षामन्त्री राजनाथ सिंहले एक ट्विट गर्दै अब भारतीय वायु सेना आफ्नो भूमीमाथि आँखा लगाउनेहरुलाई जवाफ फर्काउन सक्षम रहेको जनाएका छन्।

भारतमा लडाकु विमानबारे खुशीयाली चलिरहँदा बुधबारनै चीन झन् शक्तिशाली बनेको खबर बाहिरिएको छ।

चीनले आफ्नो वायु सेनाको लडाकु विमान जे–१५ लाई अपग्रेड गरेको छ। लडाकु विमानको क्षमता अपग्रेड गरेसँगै अब चिनियाँ विमानले रातिपनि हमला गर्न सक्षम भएको चिनियाँ सरकारी समाचार गोल्बल टाइम्सले जनाएको छ।

गोल्बल टाइम्सका अनुसार अब चीनले कुनै पनि मौसममा र कुनै पनि समयमा हवाई हमला गर्न सक्ने क्षमता विकास गरेको छ।

रातीमा पनि आकाशमा इन्धन भर्न सकिने भएकाले जे–१५ लडाकु विमानले हतियार लोड गर्न सक्ने क्षमताको विकास गरेको जनाइएको छ।

अपग्रड गरेका लडाकु जेटलाई चीनले तैनाथ अवस्थामा  समेत राखेको जनाइएको छ।

अब जे-१५ लडाकु जेटले अर्को जे-१५ बाट आकाशमै इन्धन भर्ने छ। यो क्षमता विकास भएपछि अब चीन २४ सै घण्टा जुनसुकै परिस्थितीका लागि सक्षम भएको छ।


प्रतिक्रिया दिनुहोस्