काठमाडौं उपत्यकामा अहिलेसम्म ४९१ जनामा कोरोना संक्रमण

प्रकाशित मिति : १४ श्रावण २०७७, बुधबार  ४ : ४०


काठमाडौं । पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घन्टामा भक्तपुरका १ जना र काठमाडौंका १४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यससँगै काठमाडौ उपत्यकाका काठमाडौं भक्तपुर र ललितपुरमा गरि तीन जिल्लामा कोरोना संक्रमितको संख्या ४९१ पुगेको छ ।

काठमाडौंमा कोरोना संक्रमित व्यक्तिको संख्या ३५०जना, ललितपुरमा ९० र भक्तपुरमा ५१ जना पुगेको हो ।

बुधबार देशभर २१० संक्रमित थपिएका छन्। योसँगै कूल संक्रमितको संख्या १९ हजार २७३ पुगेको छ।

आज १४६ जना व्यक्ति संक्रमणमुक्त भई डिस्चार्ज भएका छन्। हालसम्म निको हुनेको संख्या १४ हजार २१ रहेको मन्त्रालयले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्