आज काठमाडौंका १५ जनामा कोरोना संक्रमण पुष्टि

प्रकाशित मिति : १४ श्रावण २०७७, बुधबार  ४ : ३३


काठमाडौं । पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घन्टामा भक्तपुरका १ जना र काठमाडौंका १४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घन्टामा नेपालमा २१० जना कोरोना संक्रमित भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार २१० जना संक्रमित भएका हुन् ।

उनका अनुसार नेपालमा पछिल्लो २४ घन्टामा १ सय ४६ जना डिस्चार्ज भएका छन् भने अहिलेसम्म १४ हजार २१ जना निको भएका छन् ।
आजसम्म १९ हजार सय ७३ जनामा संक्रमण पुष्टि भएको डा गौतमले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस्