नेपाल प्रहरीको केन्द्रीय प्रवक्तामा एसएसपी कडायत

प्रकाशित मिति : १४ श्रावण २०७७, बुधबार  ४ : ३२


काठमाडौं । प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) कुवेर कडायतलाई नेपाल प्रहरीको केन्द्रीय प्रवक्ता तोकिएका छन् ।

केन्द्रीय प्रवक्ता रहेका निरज शाही प्रहरी नायव महानिरीक्षक (डीआईजी)बाट प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा भएपछि प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) कडायत प्रवक्ता तोकिएका हुन् ।

प्रहरी महानिरीक्षक शेलेश थापा क्षेत्रीले कडायतलाई प्रवक्ता तोकेका हुन् ।


प्रतिक्रिया दिनुहोस्