प्रदेश नम्बर २ को सामाजिक विकास मन्त्रालयका ३ जना कर्मचारीमा कोरोना संक्रमण

प्रकाशित मिति : १४ श्रावण २०७७, बुधबार  ३ : ४९


जनकपुरधाम । प्रदेश नम्बर २ को सामाजिक विकास मन्त्रालयमा कार्यरत ३ जना कर्मचारीमा कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएको छ ।

मन्त्रालयका स्टोर किपर, सवारी चालक र कार्यालय सहयोगी गरी ३ जना कर्मचारीमा कोरोना संक्रमण देखिएको हो ।

संक्रमण पुष्टि हुनेमा ५० वर्षका स्टोर किपर, ३५ वर्षका सवारी चालक र ३५ वर्षका कार्यालय सहयोगी गरी ३ जना पुरुष छन् ।

प्रदेश नम्बरको स्वास्थ्य निर्देशनालयका सह-निर्देशक विजय झाले मन्त्रालयका तीनजना कर्मचारीमा कोरोना संक्रमण भएको पुष्टि गरेका छन् । उनले मन्त्रालयका २२ जनाको स्वाब संकलन गरी जाँच गर्दा ३ जनाको नतिजा पोजेटिभ आएको बताए ।

पोजेटिभ देखिएका तीनै जनालाई आइसोलेसनमा पठाइसकिएको र पोजेटिभ व्यक्तिको कन्ट्याक्ट ट्रेसिङ्ग गर्ने काम भइरहेको झाले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस्