भारत पुगे राफेल लडाकु विमान

प्रकाशित मिति : १४ श्रावण २०७७, बुधबार  ३ : २१


काठमाडौं । भारतले फ्रान्ससँग किनेका राफेल लडाकु विमान भारत आइपुगेका छन्।

केहिबेर अघि लडाकु विमानहरू भारत आइपुगेको भारतीय सञ्चार माध्यमले जनाएका छन्।

बुधबार पाँच राफेल युद्धक विमानहरु हरियाणाको अम्बला एयर बेसमा अवतरण गरेका छन्।

राफेल विमानहरू भारतीय एयर स्पेशमाप्रवेश गर्ने बित्तिकै स्वागत गरिएको थियो।

फ्रान्सबाट यसअघिनै उडान भरेका ती ६ वटै विमानहरु संयुक्त अरब इमिरेट्स युएईको अल डफ्रा एयरबेसमा रोकिएका थिए।

आज बिहान युएईबाट राफेल विमान भारतका लागि उडान गरेका थिए।

भारतले सन् २०१६ मा फ्रान्सलाई ३६ वटा राफेल युद्धक विमान बनाउन भनेको थियो। यी विमानहरुको मूल्य ५९ करोड रुपियाँ भएको बताइएको छ।

सीमा क्षेत्रमा पाकिस्तान, चीन लगायतका देशसँग तनाव बढेका बेला भारतले लडाकु विमान खरिद गरेको हो ।

राफेल विमानहरू आएपछि भारतीय वायुसेनाको क्षमता बढ्ने बताइएको छ।

विज्ञहरुका अनुसार राफेलले अम्बालाबाट २० मिनेटमै पाकिस्तानको राजधानी इस्लामाबाद पुगेर हमला गर्न सक्छ ।


प्रतिक्रिया दिनुहोस्