सिंहदरबार भित्र काम गर्ने कर्मचारीको पनि कोरोना परीक्षण हुने

प्रकाशित मिति : १४ श्रावण २०७७, बुधबार  ३ : १२


काठमाडौं । संघीय राजधानी काठमाडौं उपत्यकामा कोरोना भाइरसका संक्रमितहरुको संख्या बढ्न थालेपछि सरकारले सिंहदरबार भित्र काम गर्ने कर्मचारीको आरटी पीसीआर परीक्षण गर्ने भएको छ ।

कार्यालय सहयोगी, सवारी चालक र बाहिरी मान्छेको प्रत्यक्ष सम्पर्कमा रहने ७ सय जति कर्मचारीको पीसीआर परीक्षणका लागि बुधबार नमुना सङ्कलन गरिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईँका अनुसार सिंहदरबारभित्रका सबै कार्यालयका झण्डै सात सय जना कर्मचारीको नमुना सङ्कलनको तयारी भएको छ ।

परीक्षणपछि उपत्यकाभित्रको अवस्था के छ भनेर आँकलन गर्न सकिने सचिव गुरागाईँले बताए ।

काठमाडौं उपत्यकामा मंगलबार मात्रै थप ५३ जनामा कोरोना संक्रमण देखिएको थियो । जसमा २३ जना प्रहरी रहेका छन् ।
उपत्यकामा सङ्क्रमितको कुल सङ्ख्या ४ सय ७७ पुगेको छ । अहिलेसम्म काठमाडौंमा ३ सय ३६, ललितपुरमा ९० र भक्तपुरमा ५० जनामा संक्रमण देखिएको छ ।


प्रतिक्रिया दिनुहोस्