‘केजिएफ–२’मा सञ्जयको खतरनाक लुक्स सार्वजनिक

प्रकाशित मिति : १४ श्रावण २०७७, बुधबार  २ : ५९


भारत । चलचित्र ‘केजीएफ’ को सफलतापछि निर्माण भएको केजीएफ दुईको फर्ट लुक सार्वजनिक भएको छ ।

केजीएफपछि दर्शकले दोस्रो भागको अपेक्षा गरिरहेका थिए । उक्त फिल्मको प्रतिक्षामा दर्शकहरु रहेका थिए। फिल्ममा अझ सञ्जय दत्त पनि हुने भएपछि फ्यानले यसलाई थप चासोका साथ हेरिरहेका थिए ।

फिल्ममा सञ्जय दत्त खलनायकको भूमिकामा देखिनेछन् ।सञ्जयको जन्मदिनमा ‘केजीएफ’ टिमले सञ्जयलाई प्रस्तुत गरिएको फिल्मको लूक सार्वजनिक गरेको छ ।दत्त ६१ वर्ष पुगेका छन् ।

सञ्जयले ट्वीट गरेर आफ्नो अधिरा लूक सार्वजनिक गरेका छन् ।

सञ्जयले ट्वीट गर्दै लेखेका छन् – यो फिल्ममा काम गर्नु मेरो लागि खुशीको कुरा हो, योभन्दा उत्कृष्ट जन्मदिनको गिफ्ट अरु हुन सक्दैनथ्यो ।

लुकमा पोस्टरमा सञ्जय दत्तलाई खतरनाक रुपमा प्रस्तुत गरिएको छ ।

निधारममा तरबार अड्याएका, कपाड डेडलक हानेका र अनुहारमा ट्याट्टु हानेका खलनायकको रुपमा सञ्जयको लुक्स सार्वजनिक भएको हो । जसले उनको ध्यान खिचेको छ ।

फिल्ममा शीर्ष भूमिकामा साउथका सुपरस्टार यश छन् ।

फिल्म संजय दत्त र अभिनेत्री रविना टण्डनका कारण पनि चर्चामा छ।

सिनेमामा संजय ‘अधिरा’को भूमिकामा हुनेछन्।

कन्नड भाषाको हालसम्मकै सर्वाधिक महँगो मानिएको यस सिनेमामा यस र श्रीनिधि शेट्टी प्रमुख भुमिकामा छन्। सिनेमालाई प्रशान्त निलले निर्देशण गरेका हुन्।

झण्डै ५० देखि ८० करोड भारूको बजेटमा निर्माण भएको सिनेमाले वक्सअफिसमा २ सय ५० करोड भारू कमाइ गरेको थियो।

जारी कोरोना कहर शान्त भएमा सिनेमा अक्टुवर २३ मा रिलिज हुनेछ।


प्रतिक्रिया दिनुहोस्