१ सय रुपैयाँ रिचार्ज गर्दा तपाइँले सरकारलाई तिर्नुपर्छ २९ रुपैयाँ भन्दा धेरै कर

प्रकाशित मिति : १४ श्रावण २०७७, बुधबार  २ : ४६


काठमाडौं । दूरसञ्चार सेवामा पछिल्लो समय सरकारले कर थप गरेको छ ।

पछिल्लो सयम पोस्टपेड मोबाइलमा सरकारले थप दुई प्रतिशत कर लगाएको छ ।  कर १ गतेदेखि नै लागू भएपनि जानकारी भने ढिला गरि पठाइएको छ ।
पछिल्लो समयमात्र मोबाइल सेवामा दुई प्रकारको कर थप भएको छ ।

डा युवराज खतिवडा अर्थमन्त्री भएपछि मात्र मोबाइल सेवामा दुई प्रकारका कर गरेर १५ प्रतिशतसम्म थप गरेका छन्।

कुनै पनि उपभोक्ताले मोबाइल सेवाको उपभोग गर्दा अब २९ प्रतिशत बढी प्रत्यक्ष कर तिर्नुपर्ने छ ।

यही साउनदेखि पोष्टपेड सेवाग्राहीले पनि प्रत्येक बिलिङमा २ प्रतिशत स्वामित्व शुल्क नामको कर तिर्नुपर्ने भएपछि सबै प्रकारको मोबाइल सेवाको कर २९ प्रतिशत भएको हो।

अब तपाईले मोबाइलमा १ सय रुपैयाँ रिचार्ज गर्दा २९ रुपयाँ भन्दा धेरै चाँही सरकारलाई कर तिर्नुपर्छ ।

सय रुपैयाँको रिचार्जमा सुरुमा २ प्रतिशत स्वामित्व शुल्क लाग्ने छ। त्यस्तै १३ प्रतिशत दूरसञ्चार सेवा शुल्क र १३ प्रतिशत मूल्य अभिबृद्धि कर लाग्छ।

यो बाहेक यस वर्षको आर्थिक ऐनअनुसार प्रत्येक सिमकार्ड खरिद गर्दा सुरुमा २ प्रतिशत शुल्क पनि लाग्छ।


प्रतिक्रिया दिनुहोस्