सभापति देउवासँग असन्तुष्टहरुको भेला सानेपामा

प्रकाशित मिति : १४ श्रावण २०७७, बुधबार  २ : ३३


काठमाडौं । पार्टी सभापति शेरबहादुर देउवासँग असन्तुष्ट रहेका नेपाली कांग्रेसका नेताहरूले छुट्टै भेला बोलाएका छन् ।

भेला पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको छ। बुधबार दिउँसो २ बजेका लागि भेला बोलाइको भएपनि अहिलेसम्म शुरु हुन सकेको छैन ।

१४ औं महाधिवेशन घोषणा भइसकेको अवस्थामा देउवाले आफूलाई फाइदा पुग्नेगरी विभाग र समितिमा मनोनयन जारी राखेपछि असन्तुष्ट केन्द्रीय सदस्यहरूले भेला आयोजना गरेका हुन्।

भेलामा वरिष्ठ नेता रामचन्द्र पौडेललगायत उपस्थित हुने बताइएको छ ।

केहीबेरमा बैठक सुरू हुने कांग्रेस केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले जानकारी दिए । निर्वाचन आचारसंहिताविपरीत सभापति देउवाले विभागमा मनोनयन गरेपछि वरिष्ठ नेता पौडेल पक्षका नेता भेलामा जुट्न लागेका हुन्।

२८ विभाग बढाएर कांग्रेसले ४७ पुर्‍याएको छ। यीमध्ये महत्वपूर्ण विभागमा देउवाले संयोजकलगायत मनोनयन गरेका छन्। पौडेलसँग विभागका लागि नेताहरुको नाम मागिए पनि दिएका थिएनन्।


प्रतिक्रिया दिनुहोस्