डुङ्गाबाट खसेर अमेरिकामा नेपाली विद्यार्थीको मृत्यु

प्रकाशित मिति : श्रावण १४, २०७७ बुधबार


काठमाडौं । अमेरिकाको टेक्सास राज्यमा तालमा डुबेर एक नेपाली विद्यार्थीको मृत्यु भएको छ।

टेक्सास स्थित लुइसभिल तालमा डुङ्गाबाट खस्दा २३ वर्षीया नेपाली विद्यार्थी अस्मिता खनालको ज्यान गएको हो।

विश्व विद्यालयमा अध्ययन गर्दै गरेकी खनालको २६ जुलाईको दिन निधन भएको इनेप्लिजले उल्लेख गरेको छ।

खनालले फेसबुकमा आफ्नो घर काठमाडौँ भएको उल्लेख गरेकी छिन्।

अमेरिकामा उच्च अध्ययन गर्दै आएकी खनाल उक्त तालमा साथीहरूसँगै गएकी थिइन।

अन्य साथीहरूले सुरक्षाको लागि प्राण रक्षक वस्त्र (लाइफ ज्याकेट) लगाएका थिए भने उनले लगाएकी थिइनन्।

लाइफ ज्याकेटविना नै डुङ्गाको पछिल्लो भागबाट उनी तालमा खसेकी थिइन।

तालमा डुबे पछि उनलाई गोताखोरको टोलीले खोजी गर्दा घन्टौंपछि शव फेला पारेका थिए। उनको मृत्युबारे नेपालमा रहेको परिवारलाई जानकारी भइसकेको छ।

नजिकका नातेदार तथा परिवार सदस्यहरुले कानुनी रुपमा दाहसंस्कार गरिने सम्बन्धमा काम गरि रहेको समाचारमा जनाइएको छ।


प्रतिक्रिया दिनुहोस्