कलेजो रोग अर्थात हेपाटाइटिस के हो ? यसबाट कसरी बच्न सकिन्छ ?

प्रकाशित मिति : श्रावण १४, २०७७ बुधबार


विश्व स्वास्थ संगठनको मुल्याङ्कन अनुसार विश्वभर ३२ करोडभन्दा बढि मानिसहरु हेपाटाइटिस बी र सी संक्रमित छन्। विश्वभर हेपाटाइटिस बीकाकारण उत्पन्नहुने जटिल स्वास्थ समस्याले गर्दा वार्षिक ९ लाख मानिसहरुको मृत्यु हुने गरेको छ भने विश्वभर ९० प्रतिशत संक्रमितलाई आफु संक्रमित भएको ज्ञान हुने गरेको छैन।

विश्वका अधिकांश मुलुकका सरकारले सन् २०३० सम्म आफ्नो देशलाई हेपाटाइटिस मुक्त गराइसक्ने लक्ष्य लिएका छन्। ४ बर्षअघि थालिएको यो अभियान सफल पार्न हामी सबैले आ-आफ्नो क्षेत्रबाट योगदान दिन सक्छौं।

यसका निम्ति हेपाटाइटिस र यसको रोकथामका बारेमा जानकारी राख्ने, अरुलाई पनि सिकाउने गर्नुपर्दछ। हाम्रो सरकारले यस सम्बन्धि के कस्तो रणनीति अवलम्बन गरिहेको छ भन्ने बुझेर त्यसलाई सफल कार्यन्वयन गर्ने अनि सरकारको ध्यानाकर्षण गराउनु हामी सबैको दायित्व हुन जान्छ।

आज मैले यो लेख मार्फत हामी हेपाटाइटिसबारे जानौं र यसबाट कसरी जोगिन सकिन्छ भन्ने सिकौं अनिआम सर्वसाधारण मानिसलाई समेत सिक्ने अवसर प्राप्तहोस भन्ने हेतुले यो लेख प्रकाशित गर्ने जमर्को गरेको छु।  कलेजो अथवा कलेजोको भाग सुन्निनुलाई हेपाटाइटिस भनिन्छ। यो अवस्था आफै सिमित भएर जानसक्छ भने कतिपय अवस्थामा बढ्दै गएर कलेजोमा दागलाग्ने (फाइब्रोसिस), सिरोसिस (Cirrhosis) हुने वा कलेजोको क्यान्सरमा समेत परिणत हुन सक्दछ।

हेपाटाइटिस गराउने मुख्य कारण हेपाटाइटिस भाइरसहरु हुन् भने अन्य तत्वहरुमा अल्कोहल (Alcohol) केही औषधिहरु (जस्तै बाथमा प्रयोग गरिने एल्लोप्युरिनेल (Allopurinol), मुटुको अस्थिर चाल सच्याउन प्रयोग गरिने एमियोडारोन (Amiodarone), केहि एन्टिबायोटिकहरु जस्तैः एमोक्सिसिलिन (Amoxicillin-clavulanate), क्ल्याभुलानेट(carbamazepine), छारे रोगको औषधिका र्बामाजेपाइन आदी ) तथा विभिन्न अटोइम्युन पर्दछन्। आज हामी हेपाटाइटिस भाइरसद्वारा उत्पन्नहुने रोगको बारेमा कुरा गछौं।

के हो हेपाटाइटिस भाइरस ?

हेपाटाइटिस गराउने हेपाटोट्रोफिक (Hepatatrophic) भाइरसहरु पाँचप्रकारका छन् जसलाई क्रमशः ए,बी,सी,डी र इ नाम दिइएकोछ। यी मध्ये ए,बी र डी खोप मार्फत रोकथाम हुनसक्छन्। ए र इ ले दुषित खाना वा पानिको मार्फत संक्रमिण गर्दछन् । बी, सी र डी भने मानव शरिरका तरल पदार्थहरु मार्फत सर्दछन्।

सर्ने माध्यमहरुमा संक्रमित रगत प्राप्त गर्दा, चिकित्सा उपचारमा प्रयोग हुने औजारका माध्यमबाट, संक्रमित सुइहरुको असुरक्षितप्रयोगबाट, गर्भवती आमाबाट बच्चामातथा यौन सम्पर्कको माध्यमबाट समेत सर्न सक्दछन्।

‘डी’ भाइरसले भने ‘बी’ भाइरसको संक्रमितमा मात्र संक्रमण गर्ने गर्छ। बी र डी को दुइतर्फि संक्रमण भएका बिरामीमा भने जटिल रोग लाग्ने र खराव परिणाम आउने गर्दछ। हेपाटाइटिस ए र इ ले समान किसिमको व्यबहार गर्छन् । विकासशील देशहरुमा मुख्यतया देखिने यीभाइरसले स्वयं सिमित परिणाम दिन्छन् र पुरानो रोग पनि गराउदैनन्। ६ महिनाभन्दा बढि लाग्ने रोगलाई पुरानो अथवा क्रोनिक(Chronic) हेपाटायटिस भनिन्छ भने त्यो भन्दा कम लाग्ने रोगलाई तिब्र अथवा एक्युट (Acute) हेपाटाइटिस भनिन्छ।

तीब्र रोग पछि गएर पुरोनो रोगमा परिणत हुन सक्दछन् जसमा जटिलता देखिने सम्भावना हुन्छ। त्यसैले ए र इ को संक्रमणका कारण जटिल समस्या देखिदैनन्। हेपाटाइटिस बी र सी तीब्र वा पुरानो रोगको रुपमा देखा पर्न सक्दछन्। प्राय: स्वयं सिमित रहने हेपाटाइटिस बी वयस्कमा ५ प्रतिशतमध्ये २०–३० प्रतिशतमा सिरोसिस वाक्यान्सर देखिन सक्छ।

सी ले गराउने रोग भने अधिकांस पुरानोमा परिणत भइसकेको हुन्छ। बालबच्चामाभने भने पुरानो रोग देखापर्ने खतरा धेरै हुन्छ । हेपाटाइटिस बी, सी र डी चुम्बनगर्दा, अंकमालगर्दा तथा स्तनपानगर्दा नसर्ने भएपनिशरिरबाट निस्कने तरल पदार्थ, खुल्ला घाउ तथा काटेको घाउको माध्यमबाट भने सर्न सक्दछ र संक्रमितहुने सम्भावना बढी हुन्छ।

कसरी हुन्छ ?

भाइरसले कलेजोको कोषहरुमा संक्रमण गरेपछि शरिरको इम्युनिटि (रोगहरु संग लड्ने शक्ति) क्षमतालाई सक्रिय गराएर कोषको क्षतिगर्ने गर्दछ। संक्रमणपश्चात भइरस सकिएर निको हुनपनि सक्छ (जसलाइृ तीब्र रोग भनिन्छ) अथवा रहिरह्यो भने कोषहरु सुन्निने, घाइते हुने र ठीक हुने प्रक्रियाहरु दोहोरिरहन्छ र कलेजोमादागहरु बसेर अन्त्यमाक्यान्सरमा परिणत हुने गर्दछ।

कस्ता खालका लक्षणहरु देखिन्छन् ?

तीब्र रोगको सुरुवाती क्षणमा प्राय लक्षणहरु देखिदैन । पहिले देखिने लक्षणहरुमा शारिरिक थकान, वाकवाक,लाग्ने, खानाको रुचीकमहुने, हल्काज्वरो आउँने, पेट दुख्ने आदी हुन्छन्। पछि कलेजोमाक्षतिहुँदै गएपछि छाला र आँखापहेलो हुने (जण्डिस), पिसाव गाडा रंगको हुनेजस्ता लक्षण देखिन्छन्। तीब्र रोगको अन्त्यतिर रोग निको हुदै जान्छ र यो अवधिमाकलेजोको इन्जाइमहरु बढी भइरहने, कलेजो सुन्निने आदि साधारणतया हुने गर्दछ । ए र इ को संक्रमणमा १–२ महिनामा रोग ठीक भएर जान्छ भने बीको संक्रमणमा पूर्णूपमा ठीक हुन ३–४ महिना सम्म लाग्नसक्छ।

पुरानो रोगको सुरुवाती क्षणहरुमा लक्षणहरु देखिदैन। जाँजमार्फत मात्र रोग फेला पर्नसक्दछ । कलेजो सुन्निदै जाँदातीब्र रोगमा देखिने लक्षणहरु देखिन थाल्दछ। पछि गएर जण्डिस देखिने हुनसक्छ । पुरानो (क्रोनिक) रोगले हर्मोन असन्तुलितगर्नसक्छ जसले गर्दा डण्डीफोर आउने, शरिरकाविभिन्नभागमा रौंपलाउने र महिलामामहिनावारी रोकिने वानहुने पनि हुनसक्छ।

कलेजोमा धेरै क्षति भएपछि सिरोसिस हुन्छ जसले गर्दा जण्डीस, तौल घट्ने, पेटमा पानीजम्माहुने र खुट्टा सुन्निने हुन्छ । सिरोसिस भएपछि यसले कलेजोमाथप जटिल रोगहरु उत्पन्न गराउनसक्छ।

हेपाटाइटिस बी, सी र डी को तीब्र रोग अवधिमा हुनसक्ने एउटा घातक जटिलता हो फल्मिनान्ट हेपाटाइटिस (Falminant hepatitis)। यो जटिलता बी र डी लागेका बिरामीमा २–२० प्रतिशतमा देखिनसक्छ र हेपाटाइटिस इ लागेका गर्भवती महिलामा १५–२० प्रतिशतमा दाखिन सक्छ। यसमा देखिने अन्य लक्षणमा सजिलै निलडाम बस्ने, चोट लाग्दा रगतबग्न नरोकिने, मानसिक भ्रम उत्पन्न ह्ने, अन्योलपूर्ण अवस्थाबाट गुज्रिने, निद्रा लागिरहने आदि हुनसक्दछ । यो अवस्थामा शरिरको अन्य भागमा समस्या आएर मृत्युहुने समेत गर्दछ।

जाँच पड्ताल कसरि गरिन्छ ?

हेपाटाइटिस एकिनगर्न कलेजोको विभिन्नइन्जाइम (Enzymes)मापण गरिन्छ । त्यस्तै रगतको जाँच गरेर भाइरसविरुद्ध शरिरले उत्पादन गर्ने एन्टिबडीहरुको मापणबाट पनि रोग पत्ता लाग्छ । भिन्न एन्टिबडीको मापणबाट रोगको अवस्थापनिआंकलनगर्न सकिन्छ । त्यस्तै विभिन्नइन्जाइमको मापणबाट पनि रोगको अवस्था र कारण समेत पत्तालगाउन सहयोग हुन्छ । सिरोसिस भएको अवस्थामा भिडियो एक्स्रे, सी.टी. स्क्यान, एम.आर.आइ. (MRI)बाट जाँचगर्न सकिन्छ ।

उपचार बिधितथा पद्दती

हेपाटाइटिस ए लागेको बिरामीलाइृ प्रशस्तआराम गराउने, पोषण मिलाएर प्रशस्त तरल पदार्थ खुवाउने गर्नुपर्दछ। अस्पताल भर्ना हुनुपर्ने नै त हुदैन तर नशामार्फत तरल पदार्थ पूर्ति भने गर्नुपर्ने हुनसक्छ । हेपाटाइटिस बीलागेको बिरामीपनि ९५–९९ प्रतिशत सम्म पुरै निको हुन्छन् र एन्टिभाइरल प्रयोग गर्नुपर्ने हुँदैन्।

पुरानो रोग तथा सिरोसिसको लक्षण देखिएमा भने अस्पतालमा भर्ना भई उपचार गर्नुपर्ने हुन्छ । यस्तो अवस्थामा भाइरसको प्रजनन् रोक्न औषधिहरु प्रयोग गर्न सकिन्छ जस्तै एन्टरिफ रोन अल्फा (Interferon alpha), पेग इन्टरफिरोन (PEG Interferon), लामिभुडिन (Lamivudine), इन्टेकाभिर (Entecavir), टेनोफोभिर (Tenofovir) आदि तर यीऔषधिहरु चिकित्सकको सल्लाह बेगर आफु खुशी प्रयोग गर्नुहुन्न।

सिरोसिस भएर कलेजो धेरै क्षतिभएको छ भने प्रत्यारोपणको उपायपनिअपनाउनुपर्ने हुन्छ। हेपाटाइटिस सीको उपचार गर्न प्राय एन्टीभाइरल जस्तै पेग इन्टरफिरोन (PEG IFN),, राइबाभाइरिन (Ribavirin)को प्रयोग गरिन्छ। क्रोनिक हेपाटाइटिस सीको उपचार कलेजोको क्यान्सरको रोकथामगर्न समेत जरुरि देखिन्छ।

हेपाटाइटिस डीको उपचार कठिन हुन्छ र इन्टरफिरोन अल्फा (Interferon alpha) ले उपचार सम्भावना देखाएको छ। इ लाई पनि सी जस्तै लक्षण अनुसार उपचार गरिन्छ । जटिलता देखिएमा अथवा गर्भवती महिलालाई भने अस्पताल भर्ना गरि उपचार गर्नुपर्ने हुन्छ।

रोकथामका उपायहरु

हेपाटाइटिस ए र बीको रोकथामका लागि खोप उपलब्ध छ । मांसपेशीमा लगाइने यी खोपको अवधि र मात्रा मिलाएर सानै उमेर (१२–१४ महिना) मा लगाउनुपर्छ। एको लागि २ पटक खोप लगाउनुपर्ने हुनसक्छ। ए र ई दुषित पानि र खानाबाट सर्ने हुनाले सरसफाईमा ध्यानदिने, सफा पानी पिउने तथा फोहोरको उचित ब्यबस्थापन गर्नु अत्यावश्यक छ।

बी र सीको निमित्त रगत चलाउनु अघि राम्ररी परिक्षण गर्नुपर्दछ । त्यस्तै सुइ तथा धारिलो सामानहरु प्रयोग नगर्ने तथा असुरक्षित यौनसम्पर्क नराख्ने आदि महत्वपूर्ण छन्। भाइरसपछि अल्कोहल सेवन हेपाटाइटिसको प्रमुख कारण भएकोले मदिरा त्याग्नसके कलेजोमा धेरै सुधार आउन सक्छ ।

तसर्थ हेपाटाइटिस प्रति बेलैमा सचेत रहेमा यो एउटा मामुली रोग हो जसको रोकथाम माहामीआमसर्वसाधारणले सहयोग पु-याउन सक्छौं। सानो उमेरमा खोप लगाएर तथा हाम्रो सफा सुग्घर गर्ने बानी ब्यहोरा सपार्न सके यो रोग नियन्त्रण गर्न सकिन्छ। साथै रोग लागि हालेमा पनि नजिकैको स्वास्थ संस्थामा सम्पर्क गरि उचित परामर्श तथा उपचारको बाटो अपनाउन सकिन्छ।

(लेखक डा. उज्वल न्यौपाने केएमसीमा इन्टर्न गर्दैछन्)


प्रतिक्रिया दिनुहोस्