कालीकोटमा पहिरोमा परि एकै घरका ७ जनासहित ८ जनाको मृत्यु

प्रकाशित मिति : १४ श्रावण २०७७, बुधबार  १२ : ३५


कालीकोट । मंगलबार राति खसेको पहिरोले कालीकोटको नरहरिनाथमा पहिरोले पुरिएर ८ जनाको मृत्यु भएको छ भने एकजना बेपत्ता भएका छन् ।

नरहरिनाथ गाउँपालिकाको वडानम्बर ७ मा मंगलबार राति आएको पहिरोले ६५ वर्षीय गंगे बुढाको घर पुरिँदा उनीसहित ६१ वर्षीय श्रीमती नैना, २४ वर्षीय बुहारी कुशा, १८ वर्षीय छोरी विमला, १० वर्षीया नातिनी चन्द्रिका, ७ वर्षीय नाति राम बढा र एक वर्षका चरित्र बुढाको मृत्यु भएको हो ।

कालीकोट प्रहरीका प्रमुख, डीएसपी श्याम ओलियाका अनुसार ६ जनाको घटनास्थलबाटै शव निकालिएको र छोरी विमलाको उद्धार गरी उपचार गर्ने क्रममा मृत्य भएको हो ।

यस्तै सोही गाउँपालिकाको वडानम्बर ४ मा ६५ वर्षीय बाले बुढाको घर पुरिँदा उनकी ६५ वर्षीय श्रीमती मनाको मृत्यु भएको छ । बेपत्ता बालेको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्