चराका बच्चा नमरुन् भनेर यो गाउँका मानिस ३५ दिन अन्धकारमै बसे

प्रकाशित मिति : श्रावण ९, २०७७ शुक्रबार


चेन्नई । भारतको तमिलनाडु स्थित एक गाउँको रोचक खबर बाहिर आएको  छ।

त्यहाँका मानिस चरा र चल्लाहरुका लागि ३५ दिनसम्म अन्धकारमै बसेका छन्। घटना तमिलनाडुको शिवगंगा जिल्लाको हो।

त्यहाँ पूरै गाउँ चरा र चल्लाहरूको लागि करिब ३५ दिनसम्म अन्धकारमै रहे।

भारतीय सञ्चार माध्यमका अनुसार त्यो गाउँमा जोड्ने विद्युत लाइनको स्विच बोर्डमा एउटा चराले गुँड बनाएको थियो।

जसका कारण स्ट्रिटको लाइट गयो। चराले त्यहाँ अण्डा समेत पारिसकेको थियो। स्विचबोर्ड अन गर्दा चराका अण्डाहरू फुट्ने डर थियो।

यस्तो अवस्थामा गाउँलेहरूले चराले अण्डा नफोर्दा सम्म र बच्चाहरू नहुर्कुन्जेल स्विच बोर्ड प्रयोग नगर्ने निर्णय गरे।

टाइम्स नाउका अनुसार त्यहाँ एक मानिसले लकडाउनको सुरुवाती दिनमा एउटा चराले स्विच बोर्ड भित्र गुँड बनाएको देखेका थिए। गुँडमा हेर्दा तीन निलो र हरियो अण्डाहरू थियो।

गाउँका एक जनाले ह्वाट्सएप ग्रुपमा त्यसको तस्वीर खिचेर सेयर गरे। त्यस पछि गाउँ भरि उक्त खबर फैलियो। सबै गाउँलेले अण्डाबाट चल्ला नपारुन्जेल स्विच अन नगर्ने निर्णय गरेका थिए।

गाउँलेहरू ३५ दिनसम्म अन्धकारमै बसेको समाचारमा जनाइएको छ।


प्रतिक्रिया दिनुहोस्