अर्पाटमेन्टमा आगलागी भएपछि दुई बालक हाम फालेर यसरी बाँचे (भिडियो)

प्रकाशित मिति : श्रावण ८, २०७७ बिहीबार


पेरिस । फ्रान्सको ग्रेनोबल शहर स्थित एक अपार्टमेन्टमा आगलागी भएको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ।

अपार्टमेन्टमा ४० फिट उचाइमा फसेका दुई बालक बाच्न सफल भएका छन्।

ती बालकहरु एक २ बर्षीय र अर्का १० बर्षीय रहेको समाचारमा जनाइएको छ।

उनीहरुका आमाबुबा कोठामा लक गरेर काममा गएका बेला आगलागी भएको थियो।

आगलागी भएपछि अपार्टमेन्ट नजिकै जम्मा भएका मानिसहरुले तिनीहरूको चिच्याई सुने।

तल जम्मा भएका मनिसले ती बालकलाई अपार्टमेन्टको झ्यालबाट हाम फाल्न भने।

बालकहरुले माथिबाट हाम फालेपछि तलका मानिसहरूले तिनीहरूलाई होसियारीसाथ समातेको र ज्यान बचाएको भिडियोमा देख्न सकिन्छ।

दुबै बच्चाहरू अपार्टमेन्टको तेस्रो तलामा रहेको फ्ल्याटमा उभिरहेका र रोइरहेका थिए।


प्रतिक्रिया दिनुहोस्