प्रज्ञा प्रतिष्ठानद्वारा नयाँ ३ वटा पुरस्कार स्थापना

प्रकाशित मिति : असार ३१, २०७७ बुधबार


काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानले आर्थिक वर्ष २०७६-०७७ मा तीन वटा नयाँ पुरस्कार स्थापना गरेको छ।

प्रतिष्ठानले नेपाल प्रज्ञालङ्कार, भानुप्रज्ञा अन्तरदेशीय नेपाली साहित्य र नेपाल प्रज्ञा अनुवाद पुरस्कार स्थापना गरेको हो।

विगतमा स्थापना भएका पुरस्कारहरुलाई कायमै राखेर प्रतिष्ठानले नयाँ पुरस्कारहरु स्थापना गरेको हो।

नेपालको गौरबलाई वाङ्मयका माध्यमबाट अन्तर्राष्ट्रिय स्तरमा विस्तार गर्न योगदान पु¥याउने विदेशी नागरिकलाई प्रत्येक तीन वर्षमा दिने गरी नेपाल प्रज्ञालङ्कार पुरस्कार स्थापना गरिएको छ।

सो पुरस्कारको राखी ३ हजार अमेरिकी डलर बराबरको नेपाली रकम नगदm पदक र प्रमाण पत्र रहेको छ।

यस्तै नेपाल बाहिर रहेर साहित्यमा विशिष्ट योगदान गर्ने नेपाली मूलका स्रष्टाहरुलाई प्रत्येक दुई वर्षमा प्रदान गर्नेगरी भानुप्रज्ञा अन्तरदेशीय नेपाली साहित्य पुरस्कारको स्थापना भएको छ।

यस्तै नेपाली भाषा साहित्यको अन्य भाषामा र अन्य भाषाको नेपाली भाषामा अनुवाद गर्ने अनुवादकलाई दुई प्रर्षमा प्रदान गर्ने गरी नेपाल प्रज्ञा अनुवाद पुरस्कार स्थापना गरिएको छ।

दुबै पुरस्कारको राशी २ लाख नेपाली रुपैयाा नगद, पदक र प्रमाणपत्र रहेको छ। प्रतिष्ठानले राष्ट्रिय कविता महोत्सव २०७७ कोभिडका कारण गर्न सकेको छैन्।

प्रतिष्ठानले पत्रकार सम्मेलन गरी दिएको जानकारी अनुसार महोत्सवका लागि प्राप्त भएका ५ सय २ वटा कविताहरु सिलबन्दी र लाहाछाप गरि सुरक्षित रहेका छन्।

कोरोना महामारीपछिको अवस्था सामान्य भएपछि समुचित मूल्याङ्कन गरी पुरस्कार वितरण गरिने प्रतिष्ठानले जनाएको छ।

प्रतिष्ठानले नेपाल शब्दकोशको मोबाइल एप निर्माण गर्दै परिमार्जित संस्करण प्रकाशन गरेको छ।

गत माघमा राष्ट्रिय गजल महोत्सव समेत सम्पन्न गरेको छ।

यस्तै कोरोना नियन्त्रणका लागि प्रतिष्ठानका कुलपति, उपकुलपति, सदस्य सचिव लगायत सम्पूर्ण कर्मचारीको तर्फबाट ७ लाख २९ हजार ५ सय ७३ रुपैयाँ कोरोना नियन्त्रण कोषमा जम्मा गरेको छ।


प्रतिक्रिया दिनुहोस्