नेकपा अध्यक्षद्धयबीच बालुवाटारमा छलफल

प्रकाशित मिति : असार ३१, २०७७ बुधबार


काठमाडौं । सत्तारुढ दल नेकपाका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच छलफल भइरहेको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा जारी भेटघाट पार्टी भित्रको कलहका बारेमा केन्द्रीत रहेको बताइएको छ।

यसअघि अध्यक्ष दाहाल मंगलबार पनि प्रधानमन्त्री ओलीलाई भेटन बालुवाटार पुगेका थिए। तर, पछिल्लो कुनै छलफल हुन सकेको थिएन।

विवादकै कारण नेकपाको स्थायी कमिटी बैठक पटकपटक स्थगित हुँदै आएको छ। असार १८ गते यता बैठक बस्न सकेको छैन।

असार १० गते सुरु भएको पार्टी स्थायी समिति बैठकमा प्रधानमन्त्री ओलीको राजीनामा माग गरेपछि नेकपाभित्रको विवाद उत्कर्षमा पुगेको थियो।


प्रतिक्रिया दिनुहोस्