गोरो बन्न मन छ ? यी उपाय अपनाउनुहोस्

प्रकाशित मिति : असार २३, २०७७ मंगलबार


सुन्दर, गोरो र चम्किलो अनुहार बनाउन तपाइँहामी सधै प्रयासरत हुन्छौ । क्रिम पाउडर आदि लगाएर पनि अनुहारमा चमक ल्याउन कुनै कसर छोड्दैनौँ ।

अनेक किसिमका क्रिम, पाउडर लगायतका चिजहले अनुहारका साथै छालामा नकारात्मक असर पनि गरिरहेको छ। आज हामी तपाईलाई गोरो बन्ने प्राकृतिक उपायका बारेमा जानकारी दिदैछौँ ।

यी उपाय अपनाउनुहोस्

कागतीः कागतीले छालाको रंग हल्का बनाउछ र छालाको गहिराइसम्म सफा राख्न मद्दत गर्छ र अनुहारको दाग हटाउछ । कागतीको रसमा बेसन र काँक्रोको रस मिलाएर ३० मिनेट सम्म अनुहारमा राख्ने र सफा पानीले धूने गर्नाले तपाईको अनुहार गोरो र चम्किलो बन्छ।

बेसारः काँचो दूधमा बेसार मिलाएर अनुहारमा लगाउनाले केही दिनमै तपाईको त्वचाको रंगमा परिवर्तन ल्याउछ।

बेसनः बेसन एक प्राकृतिक र प्राभावकारी फेस प्याक हो । यसलाई दूध या दहीमा मिलाएर थोरै बेसार राखि त्वचामा लगाउने गर्नाले त्वचामा चमक ल्याउछ । यसमा कागती र टमाटर पनि मिलाएर प्रयो गर्न सकिन्छ ।

चंदन पाउडरः चंदनलाई पिसेर अथवा पेस्ट बनाएर बिस्तारै त्वचामा लगाउने गर्नाले यसले त्वचाको दाग धब्बा हटाइ गोरो बनाउछ ।

गुलावः गुलावको पात र दूध मिलाएर बनाएको पेस्ट अनुहारमा लगाउनाले अनुहार चमकदार र गोरो बन्छ।


प्रतिक्रिया दिनुहोस्