आज कुन जिल्लामा कति जना थपिए कोरोना संक्रमित ? (जिल्लाको नामसहित)

प्रकाशित मिति : २३ असार २०७७, मंगलबार  ५ : ४७


काठमाडौं । पछिल्लो २४ घण्टामा थप २०४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कुल संक्रमितको संख्या १६ हजार १६८ पुगेको छ ।

उपत्यकामा पछिल्लो २४ घण्टामा २८ जना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा डा गौतमका अनुसार काठमाडौंका १४, भक्तपुरका ४ र ललितपुरका १० जनालाई कोरोना पुष्टि भएको हो ।

नेपालका चार जिल्लामा कोरोना भाइरसका संक्रमित अहिले नरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यी जिल्लामा पहिले कोरोना देखिए पनि अहिले निको भएर घर फर्किसकेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए।

‘७७ जिल्लामै कोरोना देखिएकोमा अहिले चार जिल्ला कोरोना फ्री भएका छन्,’ उनले भने, ‘प्रदेश १ का तेह्रथुम, भोजपुर र सोलुखुम्बु तथा कर्णाली प्रदेशको हुम्लामा कोरोना संक्रमित छैनन्।’

अरू जिल्लामा पनि विगत एक साताको तथ्यांक हेर्दा कोरोना संक्रमितहरू घट्दो क्रममा रहेको उनले जानकारी दिए।

मंगलबार कोरोनाका दुई सय चार जना संक्रमित थपिएर नेपालमा अहिलेसम्म १६ हजार एक सय ६८ मा संक्रमण देखिएको छ।

त्यस्तै ५ सयभन्दा बढी संक्रमित रहेका ६ जिल्ला छन्। मन्त्रालयका प्रवक्ता गौतमका अनुसार प्रदेश २ का महोत्तरी र रौतहट, ५ नम्वर प्रदेशको पाल्पा, सुदूर पश्चिमको अछाम, कैलाली र बाजुरामा ५ सयभन्दा बढी संक्रमित छन्।

कुन जिल्लामा कति ?

डा गौतमका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा अछामका ११ जना, बैतडीका ११ जना, डोटीका ७ जना, गोरखाका एकजना, काठमाडौंका एकजना र सिन्धुलीका एकजना संक्रमित भएका छन् ।

त्यस्तै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठामा गरिएको परीक्षणमा झापाका एकजना र सुनसरीका २ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा मोरङका ६ जना, गजेन्द्रनारायण सिंह अस्पताल राजविराजको प्रयोगशालामा सप्तरीका ३ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा धनुषाका ८ जना र महोत्तरीका ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौंडामा गरिएको परीक्षणमा मकवानपुरका २ जना, धुलिखेल अस्पतालको प्रयोगशालामा बाजुराका ५४ जना, सिन्धुपाल्चोकका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यसैगरि पाटन अस्पताल ललितपुरमा गरिएको परीक्षणमा धादिङका एकजना, भक्तपुरका ४ जना, गोरखाका २ जना, कास्कीका एकजना, काठमाडौंका १२ जना, ललितपुरका १० जना, लमजुङका एकजना, नुवाकोटका एकजना, पर्सा, छामेराप, रुपन्देही र सप्तरीका एक(एक जना, सर्लाहीका ३ जना, सुनसरी, रुकुम पश्चिम र मकवानपुरका एक(एक जना संक्रमित छन् ।

यस्तै त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा गरिएको परीक्षणमा काठमाडौंका एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा तनहुँका २ जना र बाग्लुङका एकजन, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा अर्घाखाँचीका ८ जना कपिलवस्तुका एकजना, नवलपरासीका ५ जना र पाल्पाका २ जना संक्रमित छन् ।

यस्तै भेरी अस्पताल नेपालगंजमा गरिएको परीक्षणमा दाङका ३ जना, रुकुमपश्चिमा ४ जना, रुकुम पुर्वका एकजना, बर्दियाका २ जना र सल्यानका ५ जना संक्रमित भएका छन् ।

यस्तै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सुर्खेतका ३ जना, डडेल्धुरा अस्पतालमा गरिएको परीक्षणमा डडेल्धुराका ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।


प्रतिक्रिया दिनुहोस्