रातमा दही खानु स्वास्थ्यको लागि खतरनाक !

प्रकाशित मिति : २३ असार २०७७, मंगलबार  ५ : ०७


यो गर्मी मौसममा दही खानुको मजा बेग्लै छ । गर्मी मौसममा चिसो दहीले सितलता प्रदान गर्छ । चिकित्सकहरु पनि दही खानको लागि सल्लाह दिन्छन् । गर्मीमा दही खाँदा शरीरको तापक्रम सन्तुलित हुन जान्छ ।

यसमा रहेको भिटामिन, क्याल्सियम प्रोटिन लगायत पोषक तत्वले शरीलाई पुर्‍याउने फाइदाबारे धेरैलाई जानकारी छ । तर, दही खाने पनि आफ्नै नियमहरु छन्, यसको अनुचित प्रयोगले स्वास्थ्यमा फाइएदा भन्दा बढी हानी गर्न सक्छ ।

आम हिसावमा रातिको समयमा दही खानु उचित मानिँदैन । रातको समयमा दही खादा शरीरमा तापमान र रक्तचापलाई असन्तुलित गर्छ । त्यसैले दही रातको समयमा सेवन नगर्नु नै राम्रो मानिन्छ ।

राति दही खाँदा तपाईंलाई रुघा खोकी लाग्ने सम्भावना पनि निकै बढ्छ । रातमा दही सेवनले शरीरमा सर्दी गराउन सक्छ । यसले झाडापखाला हुने खतरालाई पनि बढाउँछ ।

यो समयमा दही पिउँदा दिउँसो सकेसम्म चिनीको प्रयोग नगर्नु राम्रो हुन्छ । बेलुकीको सयमा दही पिउनै परे केही कालो मरिचको धुलो मिसाए पिउनु स्वास्थ्यका लागि लाभदायक हुन्छ ।


प्रतिक्रिया दिनुहोस्