धर्मशास्त्रमा भनिएको छ विहान के देख्यो भने हुन्छ दिन शुभ ?

प्रकाशित मिति : २३ असार २०७७, मंगलबार  ३ : २०


हिन्दू धर्म दर्शन र वास्तु शास्त्रका अनुसार केही चिज र बस्तुले तपाईलाई शुभ र अशुभको संकेत गर्दछन् ।

तपाईले अशुभ वस्तु वा संकेत देखेर पनि वेवास्ता गर्नु भयो भने तपाईमाथि कुनै संकट आउने खतरा पनि रहन्छ । त्यसैले यस्ता संकेतहरुका बारेमा जानकारी पाउन जरुरी हुन्छ ।

वास्तुशास्त्रका अनुसार विहान तपाईले देख्ने पहिलो चिज र वस्तुले तपाईको दैनिकीको अवस्था वा त्यस दिनको अवस्थालाई निर्धारण गर्न जान्छ ।

हामीले यहाँ धार्मिक रुपमा भनिएका त्यस्ता केही चिज वस्तुबारे जानकारी दिएका छौं जसलाई विहान देख्नु भयो भने तपाईको दैनिकी शुभ हुन्छ ।

श्रृंगार गरेकी स्त्री ः विहान उठ्ने वित्तिकै श्रृंगार गरेकी महिला देखियो भने दिन शुभ हुन्छ । घरमा उठ्दा रातो बस्त्र लगाएकी स्त्री देख्नु पनि शुभ हुने संकेत हो । त्यस्तो खालको दृश्य यदी तपाइँले देख्नुभयो भने लाभ मिल्न सक्छ ।

धर्मग्रन्थ : विहान उठ्ने वित्तिकै धर्मग्रन्थ देखियो भने पनि राम्रो हुन्छ । कुनै धर्मग्रन्थ अध्यन गरिरहेको वा बाचन गरिरहेको ब्यक्तिलाई उठ्ने वित्तिकै देखियो भने पनि त्यो दिन शुभ रहने विश्वास छ ।

कुकुर : शास्त्रमा विहानको समयमा उठ्ने वित्तिकै कुकुर देखिनु पनि शुभ हुने उल्लेख गरिएको छ । कुकुरको दर्शनले पनि दिनभरी शुभफल दिन्छ भन्ने धार्मिक ग्रन्थहरुमा उल्लेख गरिएको छ ।

गाई : विहान उठ्ने वित्तिकै गाई देखियो भने पनि त्यो दिन शुभ हुन्छ । गाइको आवाज कानमा परेर विउँझिनु झनै राम्रो मानिन्छ । विहानमा कालो रंगको गाई देखिनु त झनै राम्रो हो ।

आगो : विहान उठ्ने वित्तिकै अग्निको दर्शन हुनुलाई शुभ मानिन्छ । विहानमा अग्निको दर्शनले दिनभरी उर्जाशिल राख्ने शास्त्रमा उल्लेख छ ।


प्रतिक्रिया दिनुहोस्