भक्तपुरमा इनारको ढकनी नै उछिट्याएर ग्याससहित आगोको लप्का निस्किएपछि

प्रकाशित मिति : २३ असार २०७७, मंगलबार  ३ : ०६


भक्तपुर । चाँगुनारायण नगरपालिका–२ हिन्दुनगरमा आज बिहान इनारमा पूजा गर्ने क्रममा ४२ वर्षीया जमुना राई जलेर घाइते भएकी छिन् ।

भर्खरै खनेको इनारमा पूजा गर्ने क्रममा सलाइ कोर्नासाथ इनारबाट निस्केको ग्यासहितको आगोको लप्काले उनको अनुहारसहित केही भाग जलेको हो । उनको सुष्मा मेमोरियल अस्पताल साँखुमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

उदयपुर स्थायी घर भएकी उनले केही समयअघि मात्र त्यहाँ घर खरिद गरी कमाउण्डमा इनार खनेकी थिइन् ।

इनारमा अहिले पनि ग्यासको प्रवाह निरन्तर भइरहेको छ । सलाइ कोर्नासाथ ठूलो आवाजसहित इनारको ढकनी नै उछिट्याएर ग्याससहित आगो लप्का निस्किएको थियो । सो वडाअध्यक्ष शिवहरि केसी र प्रहरी टोलीले घटनास्थल पुगेर घटनाका बारेमा जानकारी लिएका थिए ।


प्रतिक्रिया दिनुहोस्