प्रेरक भनाइ: झुकेर सम्बन्ध राम्रो हुन्छ भने झुक्नुस्

प्रकाशित मिति : २३ असार २०७७, मंगलबार  २ : ०५


तपाई निराश बन्नु भएको भने सफता पाएका व्यक्तिहरुको वा आदर्श पुरुषहरुको महानबाणीलाई स्मरण वा अध्ययन गर्नुहोस् । जसले तपाईलाई उर्जा दिन्छ ।

समस्याबाट भाग्नु भन्दा त्यसको उपयुक्त समाधान निकाल्नु नै महानता हो । त्यसका लागि तपाईले त्यस्ता केही महान विचार र भनाइहरुलाई पनि एकपटक हेक्का राख्दा हुन्छ ।

अरुकोसँगको व्यवहारका लागि र सम्बन्धका लागि पनि त्यस्ता भनाइहरुको निकै महत्व रहेको हुन्छ ।

१। यदि झुकेर सम्बन्ध राम्रो हुन्छ भने झुकिदिनु तर हरेक पटक तपाईनै झुक्नु पर्छ भने त्यो सम्बन्धलाई त्यहि रोकिदिनु ।

२। ठुलो मान्छे त्यो होइन जसले ४ जना नोकर राख्न सक्छ, ठुलो मान्छे त त्यो हो जसले ४ जना नोकरको काम आफु एक्लै गर्न सक्छ ।

३। जीवनको सत्य बुझ्न धेरै गाह्रो छैन, मात्र जुन तराजुमा अरुलाई तौलिने गर्नुहुन्छ त्यहि तराजुले कहिले काही आफैलाई तौलेर हेर्नु ।

४। जहाँ तिम्रो कदर हुदैन त्यहाँ जान बन्द गरिदिनु, चाहे त्यो कसैको घर होस् या कसैको मन ।

५। जीवन पाउनु भाग्यमा निर्भर छ, मृत्यु आउनु समयमा निर्भर छ तर मृत्यु पछी पनि सबैले याद गर्नु त्यो तिम्रो कर्ममा निर्भर छ ।

६। असफल मान्छे दुनियाको डरले सोच बदल्ने गर्छन्, सफल मान्छे आफ्नो सोचले दुनियाँ बदल्ने गर्छन् ।

७। मान्छेले समयलाई सोधेछ, “आखिर किन हरेक पटक म हार्ने गर्छु रु” तब समयले भनेछ, “दिन होस् या रात, घाम होस् या छायाँ, बर्षा होस् या खडेरी, म सधै हिड्ने गर्छु, त्यसैले म जित्ने गर्छु ।” त्यसैले यदि तिमि पनि जित्न चाहन्छौ भने सधै हिड्ने गर ।”

८। ब्यबहार यति सरल बनाउनु कि सबै तिमी संग बस्न सकुन् र कर्म यति ठुलो बनाउनु कि तिमी उठेपछि कोहि बसी नरहुन् ।

९। राम्रो देखिनको लागी हैन, राम्रो बन्नको लागी जिउनु किनकि जो मान्छे झुक्न सक्छ त्यसले पुरै दुनियालाई झुकाउन पनि सक्छ ।

१०। यो कोशिस गर्नु कि जिन्दगीको हरेक पल राम्रो संग बितोस किनकि मान्छे त मेटिएर जान्छ तर याद सधै रहने गर्छ ।


प्रतिक्रिया दिनुहोस्