चीनले फेरि दियो धम्की, तिब्बत मामलामा छोए भारतलाई ठूलो क्षति

प्रकाशित मिति : २३ असार २०७७, मंगलबार  २ : २२


एजेन्सी । दुई छिमेकी मुलुक भारत र चीनबीचको तनाव बढिरहेको बेलामा तिब्बत मामलामा भारतले कुनै कदम चाले त्यो घातक हुने चेतावनी चीनले दिएको छ ।

चिनियाँ कम्युष्टि पार्टीसँग सम्बन्धित पत्रिका ग्लोबल टाइम्सले एक सम्पादकीय मार्फत भारतलाई धम्की दिएको हो ।
उक्त पत्रिकालाई चीन सरकारको मुखपत्रको रुपमा पनि लिने गरिएको छ ।

पत्रिकाको सम्पादकीयमा लेखिएको छ कि केही भारतीय मिडियाले यस मुद्दाबारे कुरा उठाइरहेका छन् । भारतले तिब्बत कार्डलाई प्रयोग गर्न सञ्चारमाध्यमले सुझाव दिएको भन्दै यस्तो गरिए परिणाम गम्भीर हुने चेतावनी दिइएको छ ।

प्रस्तावित तिब्बत कार्ड भारतीय अर्थतन्त्रका लागी हानिकारक शीर्षकमा प्रकाशन भएको लेखमा भारतमा केही मासिनलाई तिव्वत कार्ड प्रयोग गर्दा भारतलाई फाइदा पुग्ने लागि रहेको छ तर यो घातक छ ।

चिनियाँ पत्रिकामा लेखिएको छ तिव्वत चीनको आन्तरिक मामला हो र यस मुद्दालाई छुन हुँदैन ।

ग्लोबल टाइमले तिब्बतको विकासका बारेमा पनि लेखेको छ । उक्त लेखमा स्वायत्त क्षेत्रको तुलनामा अहिले तिब्बतले धेरै विकास गरेको छ ।

ग्लोबल टाइम्सका अनुसार चीन विरोधी केही शक्ति तिब्बतको मुद्दालाई प्रयोग गरेर चीनको वान चाइना पोलिसीको विरुद्ध उक्साउने काम गर्छ । तर यस्तो प्रयत्न असरदार हुने उसले उल्लेख गरेको छ ।


प्रतिक्रिया दिनुहोस्