याङ्छीले नेकपाको एकता बलियो होस् भन्ने शुभकामना दिनुभयो– खनाल

प्रकाशित मिति : २३ असार २०७७, मंगलबार  १ : ५१


काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत हाउ याङ्छीले नेकपाका नेता झलनाथ खनालसँग भेटवार्ता गरेकी छिन् ।

मंगलबार नेता खनालको डल्ल्स्थित घरमा पुगेर याङ्छीले करिब ४५ मिनेट कुराकानी गरेकी थिइन् ।

आफूसँगको भेटमा चिनियाँ राजदूत हाउ याङ्छीले पार्टी एकता बलियो होस् भन्ने शुभकामना दिएको नेकपाका वरिष्ठ नेता झलनाथ खनालले बताए ।

नेता खनालका अनुसार राजदूत याङ्छीसँग दुई देशबीचको सम्बन्ध थप सुदृढ बनाउने, चिनियाँ कम्युनिस्ट पार्टी र नेकपाबीचको सम्बन्ध विस्तार लगायतका विषयमा कुराकानी भएको थियो ।

‘उहाँले नेकपाको एकता बलियो होस् भनेर शुभकामना दिनुभयो,’नेता खनालले भने,‘दुई देश र दुई पार्टी बीचको सम्बन्ध सुदृढ गर्ने विषयमा कुराकानी भयो ।’


प्रतिक्रिया दिनुहोस्