मन्त्रिपरिषद् बैठक बस्दै, प्रहरी प्रमुख नियुक्त गर्ने सम्भावना

प्रकाशित मिति : २३ असार २०७७, मंगलबार  १ : ३९


काठमाडौं- मंगलबार(आज) अपरान्ह ४ बजे मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । बैठकले प्रहरी महानिरीक्षक नियुक्त गर्ने सम्भावना रहेको जनाइएको छ ।

वर्तमान आइजिपी ठाकुर ज्ञवालीले ३० वर्षे सेवा अवधिका कारणले नियमित अवकासमा हुन लागेसँगै सरकारले नयाँ महानिरीक्षक नियुक्त गर्नु पर्ने छ।

सरकारले एआइजीहरूमध्येबाट नयाँ आइजिपी नियुक्त गर्दैछ।

एआइजीद्वय शैलेश थापा क्षेत्री र हरिबहादुर पालमध्ये एक जना आइजिपी चयन हुनेछन् ।


प्रतिक्रिया दिनुहोस्