देउवा निवासमा कांग्रेस–जसपा नेताहरुबीच भेटवार्ता, के भयो कुराकानी ?

प्रकाशित मिति : २३ असार २०७७, मंगलबार  १२ : ५३


काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टीका नेताहरुबीच छलफल भएको छ ।

मंगलबार विहान दुई दलका नेताहरुबीच कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानिलकण्ठमा भएको हो ।

एमसीसी, नागरिकता संशोधनलगायत तत्काल गरिनुपर्ने विषयमा छलफल हुनुपर्नेमा संसद् अधिवेशन अन्त्य गरिएको भन्दै दुई पार्टीका नेताहरुबीच छलफल भएको हो ।

संसद अधिवेश गरेर प्रधानमन्त्री केपी शर्मा ओली कुर्सी जोगाउन लागिपरहेको आरोप उनीहरुको छ । पार्टी भित्रको आन्तरिक विवाद समाधान गर्न नसकेपछि संसद अधिवेशन अन्त्य गरिएको भन्दै उनीहरुले आपत्ति जनाए ।

जसपाका वरिष्ठ नेता राजेन्द्र महतोका अनुसार छलफलमा पछिल्लो राजनीतिक घटना क्रम, अध्यादेशहरु, संसद बैठक अन्त्य भएको विषयमा छलफल भएको बताए ।

उनले प्रधानमन्त्री जनताको समस्या समाधानका लागि भन्दा पनि आफ्नो कुर्सी जोगाउनमा व्यस्त बनेको आरोप लगाए ।

‘कोरोनाको त्रास र डर छ, त्यसमा केही ध्यान छैन’ कांग्रेससँगको छलफलबारे उनले भने,‘प्रधानमन्त्रीलाई कुर्सी कै ध्यान छ, हामीले कुरा राख्ने ठाउँ संसद पनि अन्त्य गरिदिनुभयो, यसैबारेमा हामीले छलफल गर्यौ ।’

देउवा निवास बुढानिलकण्ठमा भएको छलफलमा सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला सहभागी थिए भने जसपाकाका तर्फबाट महन्त ठाकुर,उपेन्द्र यादव, राजेन्द्र महतो, बाबुराम भट्टराई सहभागी भए ।


प्रतिक्रिया दिनुहोस्