विहे कहिले गर्छौ ? भन्दै छिमेकीलाई बारम्बार सोध्ने गर्भवती महिलाको युवकले लिए ज्यान !

प्रकाशित मिति : २३ असार २०७७, मंगलबार  १२ : २५


विवाह योग्य उमेरमा रहेका प्रत्येक युवालाई उनीहरूको विवाहसँग सम्बन्धित प्रश्नहरू सोधिन्छ र उनीहरूको सबैभन्दा सामान्य प्रश्न भनेको ’तपाईं कहिले बिवाह गर्दै हुनुहुन्छ’ भन्ने हो । तर के यो प्रश्नले कोही यति रिसाउन सक्छन् कि उनीहरूले हत्या गर्न सक्छन् ।

घटना केही समम अघिको हो । २८ वर्षीय एक युवकले एक गर्भवती महिलाको हत्या गरे जो उनको छिमेकी थिइन् ।

“तपाई कहिले बिहे गर्दै हुनुहुन्छ?“भन्दै बारम्बार सोधेपछि ती पुरुषले यस्तो हर्कत गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । यो घटना इन्डोनेशियाको कामपुंग पासिर जोङमा भएको थियो ।

रिपोर्टका अनुसार २८ वर्षीया फैज नुरदीनले ३२ बर्षे गर्भवती एस्याको हत्या गरे ।

फैज आफ्नो घरको अगाडि बसिरहेका थिए जब ऐस्या उनीसँग कुरा गर्न आईन् । युवकलाई ती महिलाले भनिन्, “छिटो विवाह गर्नुहोस्, अरुको विवाह भइसकेको छ, तपाई किन अझै बिहे गर्दै हुनुहुन्न?“ प्रहरी प्रवक्ताका अनुसार यी शब्दहरूले संदिग्धलाई चित्त दुखायो र छिमेकीलाई मार्न प्रोत्साहित भए ।

’आपत्तिजनक’ कुराकानी पछि, ति युवा महिलाको हत्या गर्ने योजनामा पुगे ।

त्यही दिन युवालाई उनकी छिमेकीले बोलाइन् । उनको हत्या गर्ने योजनाको साथ आए। पछि उही दिन, फैज उनको घर गए र उनको बैठक कोठामा बसे ।

बैठकमा बसेका उनी आइसियालाई पछ्याउँदै उनको कोठामा पुगे । गर्भवती रहेकी ति छिमेकी मिहिलाईलाई फैजले खाटमा धकेली दिए । गर्भवती रहेकी महिलाले उसको प्रतिवाद गरिन् । उनले युवकको औला काटिदिइन् तर बलियो फैजको अगाडि उनको केही चलेन । फैजले उनको घाँटी थिचेर हत्या गरे ।

अपराध गरिसकेपछि, संदिग्ध व्यक्तिले पीडितको स्मार्टफोन र नगद रकम चोरी गरेर घटनास्थलबाट भागेका थिए । तर पुलिसले उनलाई भेट्टाए र उसको खुट्टामा गोली हान्न सफल भयो।


प्रतिक्रिया दिनुहोस्