नेपाली परीक्षार्थी पाइलट रहेको जहाज फिलिपिन्सको समुन्द्रमा दुर्घटना

प्रकाशित मिति : २३ असार २०७७, मंगलबार  १२ : १८


काठमाडौँ । नेपाली परीक्षार्थी पाइलट रहेको जहाज फिलिपिन्सको समुन्द्रमा दुर्घटना भएको छ।

स्थानीय समय अनुसार मंगलबार बिहान साढे ९ बजे फिलिपिन्सको सिनंकुस्थित जाम्बोआंगा विमानस्थलबाट उडेको जहाज इन्जिन फेल भएपछि दुर्घटनामा परेको हो ।

दुर्घटनाग्रस्त जहाज पाइलट तालिममा प्रयोग हुने गरेको स्रोतलाई उदृत गर्दै सीएनएनले जनाएको छ। जहाजलाई पाइलटले समुन्द्रमा आपतकालीन अवतरणको प्रयास गरेका थिए।

जहाजमा सवार ४ जना सकुसल रहेको बताइएको छ। उनीहरुलाई तुरुन्तै पानीबाट बाहिर निकालिएको समाचारमा जनाइएको छ।

जहाज भारतीय पाइलटले उडाएका थिए। जसमा एक भारतीय, एक नेपाली र अर्का एक फिलिपिनी परीक्षार्थी सवार थिए। फिलिपिनी नागरिक उड्डयन प्राधिकरणका अनुसार पाइलट र सबै यात्रुको स्वास्थ्य अवस्थामा सामान्य छ।


प्रतिक्रिया दिनुहोस्