भारतपछि अमेरिकामा पनि टिकटकमाथि प्रतिबन्ध लगाउने तयारी

प्रकाशित मिति : २३ असार २०७७, मंगलबार  ११ : ५०


काठमाडौँ । भारतले प्रतिबन्ध लगाएको केही दिनपछि अमेरिकाले पनि टिकटकसहित चिनियाँ एपमा प्रतिबन्ध लगाउने तयारी भइरहेको जनाएको छ।

अमेरिकाका सेक्रेटरी अफ स्टेट माइक पम्पेओले टिकटकसहित चिनियाँ एपमाथि प्रतिबन्ध लगाउने बारेमा आफूहरुले सोचिरहेको बताएका हुन्।

एक अन्तर्रातामा पम्पेओले टिकटकसहित अन्य चिनियाँ एपमाथि प्रतिबन्ध लगाउनका लागि गम्भीररुपमा विचार गरिरहेको बताए।

अमेरिकाले टिकटकजस्ता चिनियाँ सामाजिक सञ्जाल एपहरु प्रतिबन्धबारे के सोचिरहेको भनेर गर्दा पोम्पेओले जवाफमा भने, ‘जनताको मोबाइलमा चिनियाँ एपको बारेमा अमेरिकाले सही निर्णय लिनेछ। यसबारेमा हामीले सोचिरहेका छौँ।’

यस विषयमा टिकटकले कुनै पनि प्रतिक्रिया दिएको छैन। टिकटकलाई बेइजिङको बाइटडान्स नामक कम्पनी सञ्चालन गरिरहेको छ।

हालै भारतले टिकटकसहित ५९ चिनियाँ एपमाथि प्रतिबन्ध लगाएको थियो।


प्रतिक्रिया दिनुहोस्