नेकपा विवादः ओली–प्रचण्डबीच आज पनि छलफल

प्रकाशित मिति : २३ असार २०७७, मंगलबार  ११ : ४८


काठमाडौं । नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता शुरु भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी भेटमा पार्टीमा देखिएको विवाद समाधानको पहल भइरहेको छ ।

यसअघि सोमबार दुई अध्यक्षबीच समस्या समाधानको लागि छलफल गर्ने सहमति भएको थियो ।

आइतबारको बैठकमा दोस्रो तहका नेतालाई समस्या समाधानको खाका तयार गर्न भनिएको भएपनि सोमबारको बैठकमा भने अध्यक्ष प्रचण्डले दुई अध्यक्षबीच एक्ला एक्लै वार्ताको प्रस्ताव गरेका थिए ।

आवश्यक परेको खण्डमा पार्टी वरिष्ठ नेताहरुसँग पनि छलफल गर्ने सकिने प्रस्ताव ओली समक्ष प्रचण्डले गरेका थिए ।

विवाद समाधान गर्ने सहमति भएसँगै पार्टीको स्थायी समिति बैठकसमेत बुधवार बस्नेगरी स्थगित गरिएको छ ।

स्थायी समिति सदस्यहरुले समस्या समाधान गरेर मात्र बैठक राख्न नेताहरुलाई दबाब दिइरहेका छन् ।

जारी स्थायी समिति बैठकमा प्रचण्ड माधव नेपाल समूहले पार्टी अध्यक्ष र प्रधानमन्त्री छोड्नुपर्ने अडान लिएका छन् । तर प्रधानमन्त्री केपी शर्मा ओलीले भने दुबै पद नछोड्ने अडान लिएका छन् ।


प्रतिक्रिया दिनुहोस्