डिप्रेशनमा पुगेका यी कलाकार सामाजिक सञ्जालबाट गाएब !

प्रकाशित मिति : २३ असार २०७७, मंगलबार  ११ : १२


काठमाडौँ । डिप्रेशनमा रहेको कुरा पोस्ट गरेपछि भारतीय टेलिभिजन कलाकार पार्थ समथान सामाजिक सञ्जालबाट टाढिएका छन्।

उनले एक पोस्टमा आफू केही मसयका लागि सामाजिक सञ्जालबाट टाढा हुने कुरा उल्लेख गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। उनले एक तस्वीरसहित आफ्नो स्टाट्स पोस्ट गर्दै चाडै भेट हुने पनि बताएका छन्।

केही समयअघि पार्थले आफू डिप्रेशनमा रहेको कुरा उल्लेख गरेका थिए। उनले लकडाउनका कारण आफू डिप्रेशनको शिकार भएको उल्लेख गरेका थिए।

उनले लेखेका थिए, ‘म आफ्ना प्यारा फ्यान, साथी मलाई बुझेर सकारात्म मानिस बनाउन सहयोग गर्ने सबैलाई धन्यावाद दिन चाहन्छु। यस लकडाउन मेरोलाई डिप्रेशन र उदासीको पल बन्यो । यो महामारी एक दिन खतम भयो भने हामीलाई दुखलाई अघि बढाउनका लागि शक्ति मिल्ने थियो। हामी तयार हुने छौँ, फेरि यो दुनियाको सामना गर्नका लागि।’

पार्थ एकता कपुरको चर्चित शो कसौटी जीन्दगीमा मूख्य भूमिकामा देखिदै आएका छन्।


प्रतिक्रिया दिनुहोस्